काठमाडौँ — कामु प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारबाट बिदा बस्ने भएका छन् । संसदीय सुनुवाइ समितिबाट अस्वीकार भएका जोशी आइतबारबाट बिदामा बस्न लागेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।
उनी शुक्रबार सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकार भएका थिए। पूर्वप्रधानन्यायाधीश लगायतले जोशीले राजीनामा दिँदा उचित हुने बताइरहे पनि उनी राजीनामा नदिने अडानमा छन्।
सञ्चार विज्ञ पौडेलका अनुसार कामु प्रधानन्यायाधीश जोशीले शनिबार राष्ट्रपति विद्या भण्डारीलाई बिदाबारे जानकारी गराउने तयारी छ। अब सर्वोच्चको पेसी वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रले तोक्नेछन्।
भिडियो हेर्नुहोस