कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

पत्रकार सम्मेलनमा डा.केसी : कहिले भावुक, कहिले उत्तेजित

काठमाडौं, २२ साउन । २७ दिनसम्मको अनसन उपचारको लागि अस्पतालको आइसियु पसेका डा.गोबिन्द केसी मंगलबार बाहिर निस्किए । ६ दिनको आइसियु र १३ दिनको अस्पताल बसाईपछि डिस्चार्ज भएका डा.केसीले पत्रकार सम्मेलन गरे ।

पत्रकार सम्मेलनमा डा.केसी कहिले उत्तेजित बने, कहिले भावुक बने । कहिले सरकार बिरुद्ध उस्तै आक्रमक बने । कहिले मलाई पर्खिरहेका बिरामीहरुको उपचार गर्न पाइन भनेर रोए । कहिले ‘अब बाँच्दिनँ’ भन्ने लागेको सम्झिदै भावुक भए ।

‘सम्झौतालाई तोडमोड गरी जारी भए कडा संघर्ष गर्न तयार छु

मंगलबार १५ पटक अनशन बसेका डा. केसीले त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै सरकारसँग भएको ९ बुँदे सहमति पालना नभए कडा आन्दोलन गर्ने बताए । आक्रोशित मुद्रामा देखिएका केसीले आफूसँग सम्झौता गरेको १३ दिन बितिसक्दा पनि सरकारले मन्त्रिपरिषद बैठकबाट सो सम्झौता अनुमोदन नगरेको भन्दै आक्रोश पोखे । भने, ‘सत्तारूढ दल तथा विपक्षी सांसदहरूले चिकित्सा शिक्षा संशोधन प्रस्ताव हालेका छन्। सत्याग्रह टुंग्याउने क्रममा भएका सहमति अक्षरस पालना गर्ने सहमति जनाएको पृष्ठभूमीमा ती सम्झौतालाई तोडमोड गरी जारी भए कडा संघर्ष गर्न तयार छु ।’

डा.केसीले सरकारसँग भएका सम्झौताको कुनै पनि बुँदा संशोधन गर्न नपाइनेसमेत बताए । उनले भने, ‘मलाई विश्वास छ। सत्याग्रह टुंग्याउने बेला सरकारले गरेका नौ बुँदे सम्झौता अक्षरस पालना हुन्छ ।’

सरकार बिरुद्ध आक्रमक देखिएका केसी भावुक पनि भए । केसीले बिरामीको उपचार गर्न नपाएको भन्दै क्षमा मागे । भने, ‘यो अनसन मेरा निम्ति बाध्यता थियो यस अवधिभर बिरामीको सेवा गर्न नपाएकोमा क्षमा चाहन्छु ।’ केसी पत्रकार सम्मेलनमै घोप्टिएर रोए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार