काठमाडौं, ४ भदौ । फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झाको बबरमहलस्थित निवासमै हत्या भएको छ ।
राति खाना खाएर सामान्य अवस्थामा सुतेका उनको बिहान ओछ्यानमै रगत लतपतिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । ओलम्पिया स्कुल अगाडिको घरमा श्रीमती र एक कामदारसहित झा बस्दै आएका थिए । घर बाहिरबाट ताला लगाएको अवस्थामा शव फेला परेको हो । धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनास्थल आइपुगेको प्रहरीले हत्यामा प्रयोग भएको हतियार बरामद गरिएको जनाएको छ ।
घटनास्थलमा महानगरीय प्रहरी प्रमुख डिआईजी मनोज न्यौपाने, काठमाडौं प्रहरी प्रमुख वसन्त लामा र अपराध महाशाखा धिरजप्रताप सिंह पुगिसकेका छन् । प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको छ । झाले परराष्ट्र सेवामा ३४ वर्ष बिताएका थिए ।