६ भदौ, काठमाडौं । ललितपुरको गोदावरी घुम्न गएकी एक किशोरीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।
जिल्ला प्रहरी कार्यालय, ललितपुरका अनुसार १८ वर्षीय युवतीले बलात्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा उजुरी दिएकी हुन् ।
बालाजुबाट स्कुटरमा सँगै घुम्न गएकै युवकबाट आफूमाथि बलात्कार प्रयास भएको युवतीले बताएकाे परिसरका एक अधिकारीले बताए ।
प्रहरीले अहिले किशोरीको स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान अघि बढाएको छ । यद्यपि, अहिलेसम्म बलात्कार प्रयास गर्ने युवक भने पक्राउ परेका छैनन् ।