रौतहटमा दिउँसै २ लाख ९० हजार लुटियो

४ असोज, रौतहट । रौतहटको कटहरीयामा व्यापारको रकम संकलन गरेर फर्किदै गरेका दुई व्यक्तिको साथ बाट २ लाख ९० हजार लुटिएको छ ।

कटहरीयाबाट गौरतर्फ आउँदै गरेको ना३७प ५२५१ नम्बरको मोटरसाइकलमा रहेका विनयकुमार यादव र रंजित मिश्रको साथबाट सो रकम लुटिएको प्रहरीले जानकारी दिएको छ ।

कटहरीयाबाट गौरतर्फ आउँदै गर्दा महृमदपुरमा सो रकम लुटिएको भन्दै विनय यादवले प्रहरीलाई खबर गरेका थिए । पाण्डव किराना पसलका कर्मचारी रहेका दुवैजना व्यापारीहरुको उधारो रकम संकलनका लागि कटहरीया गएका थिए ।

दिउँसै लुटपाटको घटना भए पछि प्रहरीले अहिले गौर चन्द्रनिगाहपुर सडकखण्डमा चेकजाँच बढाएको छ । राजमार्ग तथा सहयाक मार्गका विभिन्न स्थानमा प्रहरीले अहिले सवारी साधनको खानतलासी गरिरहेको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरिक्षक महेन्द्र मरासिनीले बताए ।

लुटिएका दुवैजनाले प्रहरीलाई लुटिएको रकमको बारेमा स्पष्ट जानकारी नदिएको तथा कहिले ५ लाख कहिले ३ लाख लुटिएको भनेकोले दुवैजनालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गौरमा ल्याउँदैण् गरेको प्रहरी नायब उपरीक्षक मरासिनीले बताए ।

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार