फागुण २४ गते प्रदशन हुने चलचित्र अदालतको पोस्टर सार्वजनिक { भिडीयो सहित }

फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा.लि.दारा निर्माण भएको नेपाली चलचित्र अदालतको पोष्टर बुधबार एक कार्यक्रमका माझ सार्वजानिक गरिएकोछ ।
अदालत फागुन २४ गतेबाट देश भरिका हलहरुमा प्रद्रर्शन हुने भएको छ । विशेष गरि समाजमा घटिरहेका हत्या, हिंसा, बलत्कार, अवैध धन्दा जस्ता
आपराधिक एवं संवेदनशील घटनाहरुलाई मुख्य विषय बनाई निर्माण गरिएको चलचित्र अदालतमा एलिना बाँस्कोटा, राजकुमार अधिकारी, मदन भुजेल,
रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेख बहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमीरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडका आदिको
मुख्य भुमिका रहेको छ । त्यस्तै गरि चलचित्र अदालतमा गीत डा. डिजन भट्टराई, संगित रोशन बान्तवा राई, नृत्य दिनेश माङमु, द्वन्द्ध राजु किराँती,
छायांकन बिक्रम डि.सि.को रहेकोछ ।

मदन, राजकुमार, रुद्र र शान्तिले यसै चलचित्रबाट डेब्यू गर्दैछन् । यस चलचित्रको कार्यकारी निर्माता बसन्त थेबे हुन्
भने सह निर्मातामा मेख बहादुर मगर र प्रस्तुतकर्तामा आर.पि. दाहाल रहेकाछन् । उपत्यका लगायत आसपासका स्थानहरुमा छायांकन गरिएको चलचित्र
अदालतको निर्मात्री कविता राई लिङ्देन हुन् भने लेखन– निर्देशन दिनेश लिङ्देनको रहेकोछ ।

अदालत कि नायिका एलिना बास्कोटाले हालै साउथ इन्डियन मुभी मा आइटम डान्स गरेर आएकी छिन | उक्त कुरा कार्यक्रममा अनौपचारिक रुपमा
एलिना ले आफ्नो अनुभव सबैलाई सबै लाई सुनाइन |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार