यस कारण किराँती समुदायहरु प्रकृति पुजक हौं | सागर केरुङ

कक्फुङ (चांपको फूल) फुलेको समयलाइ किरात समुदायले कक्फेवा तङ्नामको रूपमा मान्ने गर्छन र उक्त समयदेखी नयाँ साल पनि सुरु हुन्छ । कक्फेवा तङ्नाम माघ महिनामा पर्छ । माघ महिनामा कुनै वनस्पति फुल्दैनन । त्यस ऋतुमा फुल्ने चांपको सेतो फुलले शान्ति र आनन्दको महसुस गराउछ । किराँत राजा यलम्बरको शाससनकाल देखि यताको समयलाइ किराँतिहरुले किराँत येले सम्बतको रूपमा मन्नेगर्दछन ।

अहिले सम्मको संसारकै पुरानो क्यालेन्डरको रूपमा मानिएको येले सम्बत नेपालमा लेखिएको इतिहास भन्दा फरक पृष्ठभुमिको हो । यो येले सम्बत कलिगत आधारमा छ । नेपाल र लिम्बुवानको तिथिमिती र समयको फरक हुनुको कारण काठमाडौ ले मान्ने गौरीशंकर र लिम्बुवानले मान्ने फक्ताङ्लुङ को देशान्तर ४ मिनेटले फरक छ । यो खगोलशास्त्रको कुरा हो, हामी किराँती समुदायहरु प्रकृति पुजक हौं ।

सागर केरुङ

पान्थर


सम्बन्धित शीर्षकहरु

मुख्य समाचार