![](https://pathibharachannel.com/wp-content/uploads/2024/05/hikmat-karki_EOFmBcK7mK-1024x522.jpg)
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै हप्तामा सरकार बिस्तार हुने बताएका छन्।
सोमबार कोसी प्रदेश सभाको बैठकमा विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैसरकार बिस्तारबारे केही सैद्धान्तिक कुराहरु भइसकेको र त्यसकै आधारमा यही हप्तामा हुने बताए।
नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का ३, जसपाका १ सांसदले समर्थन गरेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ जना सांसद तटस्थ थिए। बहुमत गुमाएका दिन कि विश्वासको मत लिनुपर्ने की राजीनामा दिनुपर्ने वा अर्को सरकार बनेपछि स्वीकार्नुपर्ने कुरामा आफूहरु स्पष्ट रहेको बताए।
‘केही सैद्धान्तिक कुराहरु हामीले गरेका छौँ, यसको आधारमा अब हामी एक दुई दिनभित्र सबै कुरा टुंग्याएर ढिलोमा पनि यो हप्ताभित्र सरकार विस्तार गरिसक्छौँ। जसपाल पक्षमा रहेर र नेकपा एसले विपक्षमा रहेर हामीलाई समर्थन गरेको छ,’ उनले भने, ‘जसपाको सनाखत भइरहेको छ, निर्वाचन आयोगले दिएको सनाखतको समयपछि हामी बाँकी कुरा अघि बढाउनेछौँ। नेकपा एकीकृत समाजवादीको भने विपक्षमा समर्थन छ। त्यही अनुसार अघि बढ्नेछौँ। समयक्रममा सबैको सरकार बन्न पनि सक्छ। बहुमत गुमाएका दिन कि विश्वासको मत लिनुपर्छ, की राजीनामा दिनुपर्छ। की अर्को सरकार बनेपछि स्वीकार्नुपर्छ। यसमा हामी स्पष्ट छौँ।’
सर्वोच्च अदालतले अल्पकालीन आदेश नगरेको र रिट जारी पनि नगरेको तथा कुनै कामकाज नरोक्नु भनेकाले कामकाज नरोकेको स्पष्ट पार्दै सर्वोच्चले भविष्यमा गर्ने कुनैपनि फैसला आफूहरुले मान्ने बताए। नेपाल खबर