‘अदालत’ युटुबमा सुस्मा कार्कीको आइटम डान्सले उध्रेको चोलीको झल्को दिन्छ

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मसको व्यानरमा निर्माण भएको चलचित्र ‘अदालत’ युटुबमा सार्वजनिक भएको छ | सुस्मा कार्कीको आइटम डान्स
दर्शकले अत्याधिक रुचाइएको पाइयो |
चलचित्र पनि राम्रो भएको र आफुले गरेको आइटम डान्स दर्शकहरुले मन पराएकोमा उत्साहित भएको कुरा नायिका सुस्मा कार्कीले
पाथिभरा च्यानल लाई बताउनु भयो |
अदालतमा गायिका यदु राई लकान्द्री गायक सुसन साम्सोहाङ र मेनुका राईको स्वर रहेको छ । गीतमा दिनेश लिङ्देनको शब्द र रोशन वान्तवा राईको
संगीत छ । गीतमा दिनेश माङ्मुको कोरियोग्राफी रहेको छ ।

फिल्मका लेखक तथा निर्देशक दिनेश लिङ्देनले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता
आपराधिक एवं संवेदनशील घटनाका विरुद्धको न्यायको कथालाई देखाइएको बताए ।

चलचित्रमा कलाकारको रुपमा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री,
राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडकाआदिको मुख्य भुमिका रहेको छ । मदन, राजकुमार, रुद्र र शान्तिले यसै फिल्मबाट डेब्यु गरेका हुन् ।

अदालतमा डा. डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको दन्द विक्रम डिसिको छायांकन छ ।
चलचित्रमा बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता हुन् । लिवाङ फिल्मसको अधिकारिक युटुबमा अदालत
हेर्न सकिन्छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार