मंगलवारको खेलमा के नेपालले बङगलादेशसँग हारको बदला लिन्छ ?

काठमाडौं । ‘मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज अन्तर्गत मङ्गलबार नेपालले बङ्गलादेशसँग दोस्रो तथा अन्तिम खेल खेल्दैछ । पहिलो खेलमा बङलादेशसँग २–० ले पराजित भएर खराब बोहनी गरेको नेपालले दोस्रो खेल मंगलवार नेपाली समय अनुसार अपरान्ह ४.४५ बजे बङ्गबन्धु रङ्गशालामा बङगलादेशको घरेलु मैदानमा खेल्दैछ । बिहीवार पाँच वर्षपछि बङ्गलादेशसँग नेपाली टोली पराजित हुदा नेपाली फुटबल टिम मात्र होइन समर्थक पनि निराश रहेका छन् । तर मंलवार नेपाली फुटबल टिमसमक्ष सो हारलाई बिर्साउने अवसर पाँच दिनपछि नै पाएको छ । उक्त अवसरलाई नेपाली खेलाडीहरुले आप्mना समर्थकको निराशालाई खुशीमा बदल्न जिम्मेवारी बोध गरेर खेल्ने आशा गरिएको छ ।

मुजिब बोर्सो ट्रफी उचाल्न मंगलवारको खेलमा नेपालले बङ्गलादेशलाई कम्तिमा दुई गोल अन्तरले पराजित गर्न आवश्यक छ । यदि नेपालले मंगलवारको खेल दुई गोल अन्तरले जितेमा विजेताको छिनोफानो पेनाल्टी सुटआउटबाट हुनेछ । यता पहिलो खेल जितेको घरेलु टोलीलाई भने मंगलवारको खेलमा जित वा हारले पनि ट्रफी दिलाउनेमा ढुक्क रहेको छ । यदि बङलादेश एक गोल अन्तरले मात्र पराजित भएमा ट्रफी घरेलु टोलीले नै उचाल्नेछ । डिसी नेपाल बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार