कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

लाओसमाथि नेपालको गोल वर्षा, कप्तान सावित्राको ह्याट्रिक

५ असार, काठमाडौं । सावित्रा भण्डारी साम्बाले कप्ताद्दी डेब्युमा ह्याट्रिक गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोटको समूह एफमा लाओसमाथि ९-० को फराकिलो जित हात पारेको छ ।

उज्वेकिस्तानको तास्केन्तमा आइतबार भएको समूहको आफ्नो पहिलो खेलमा नेपालले सानदार जितसहित ३ अंक जोडेको छ ।

यसै खेलबाट नेपाली महिला टोलीले आफ्नो एक सयौं अन्तर्राष्ट्रिय खेल पनि पूरा गरेको छ ।

नेपालको फराकिलो जितमा यसै खेलबाट कप्तानी डेब्यु गरेकी सावित्राले ४ गोल गरिन् । यस्तै अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी, रश्मी कुमारी घिसिङले १-१ गोल गरे ।

क गोल नेपालले उपहार पाएको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार