नेहा कक्कड आमा बन्दै

 चर्चित बलिउड गायिका नेहाले विवाह गरेको दुई महिना पनि भएको छैन । उनले इन्स्टाग्राममा एक रोमान्टिक फोटो सेयर गरेर आमा बन्दै गरेको बताएकी छिन् । २४ अक्टोबरमा नेहाले रोहनप्रीत सिंहसँग विवाह गरेकी थिइन् ।

नेहाले इन्स्टाग्राममा रोहनप्रीतको साथमा एक फोटो सेयर गरेकी छिन् जसमा आफ्नो बढ्दै गएको पेट देख्न सकिन्छ । ब्लु डेनिम डंगरीमा देखिएकी नेहाले क्याप्सनमा पञ्जाबी भाषामा लेखेकी छिन्, ‘ख्याल राख्नु ।’

उनको यस्तो खुशीको खबरले फ्यानहरु आश्चर्यमा परेका छन् । किनकी नेहाको विवाह भएको दुइृ महिना पुगेको छैन् । यो सवाल पनि सोधिरहेका छन् । बधाई र कमेन्ट्स पनि गरिरहेका छन् ।

नेहाले रोहनप्रीतको मायामा भएको घोषणा गरेको केही दिनमा नै विवाह गरेकी थिइन् । उनीहरुको एक गीतको शुर्टिङको क्रममा पहिलो भेट भएको थियो र चाडैनै मायामा परिर्वतन गरेका थिए । दुवैजनाको विवाहको फोटोलाई धेरैले मन पराएका थिए । हनीमुनको लागि उनीहरु दुबई गएका थिए त्यहाँबाट पनि रमाइलो गरेको फोटो र भिडियो सामाजिक सञ्जालमा सेयर गरेका थिए ।



सम्बन्धित शीर्षकहरु

मुख्य समाचार