नियमारको अर्जेन्टिनासँग कोपा अमेरिकाको फाइनल खेल्ने चाहना

एजेन्सी, २२ असार । ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । पेरुविरुद्ध १-० को जीत हासिल गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो ।

नेपाली समय आज विहान भएको सेमिफाइनलमा ब्राजिलका लागि लुकास पाकुइटाले ३५औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।

अर्जेन्टिना र कोलम्बियाबीच भोलि विहान हुने सेमिफाइनलमा विजयी टोलीसँग ब्रजिलले उपाधिको भिडन्त गर्नेछ ।

यसैगरी ब्राजिली स्टार नियमारले अर्जेन्टिनासँग कोपा अमेरिकाको फाइनल खेल्न चाहेको बताएका छन् । उनले अर्जेन्टिनी खेलाडीहरु आफ्नो मित्र भएको समेत बताएका छन् । उनले ब्राजिल नै विजेता बन्ने दाबी गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent