नामिबियाविरुद्ध नेपालको कीर्तिमानी जित

नेपालले पहिलो खेलमा आज नामिबियालाई पराजित गरेको हो। नेपालले १४ बल बाँकी छदैँ २ विकेटले जित निकालेको हो।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामेबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रेको नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउँदै २८७ रन जोड्यो।

नेपालको जितका लागि ओपरक कुशल भुर्तेलको शतकीय पारि खेलेभने करन केसीले ५ विकेट लिए।

सन्दीप लामिछानेले ३ विकेट लिँदा सोमपाल कामी र कुशल मल्लले समान १/१ विकेट लिए।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेलले ११३ बल खेल्दै ११५ रन जोडे।

नपालले पहिलो विकेटकोरुपमा ओपनर आशिफ शेख, दोस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल, तेस्रो विकेटकारुपमा कप्तान रोहित पौडेल, चौथो विकेटका रुपमा कुशल मल्ल, पाँचौ विकेटकारुपमा दिपेन्द्रसिंह ऐरी र छैटौं विकेटका रुपमा सन्दीप जोरालाई गुमायो।

शेख ५ बलमा शून्य रनमा आउट हुँदा मल्ल ३५ बलमा २५ रन जोड्दै आउट भएका हुन्। पौडेल ७६ बलमा ७५ रन जोड्दै आउट हुँदा कुशल मल्लले १३ बलमा ६ रन जोडे।

ऐरी ७ बलमा ७ रन जोड्दै आउट हुँदा जोराले २४ बलमा २८ रन जोडे। सन्दीप लामिछानेले १ बल खेल्दै शून्य रनमा आउट भए।

यस्तै करन केसीले १२ बलमा २० रन जोड्दै अविजित रहँदा सोमपाल कामीले १ बलमा ४ रन जोड्दै जित दिलाए।

नामिबियाका मिचेल भानले १ सय ३७ बलमा १ सय ३३ रनको शतकीय ईनिङ खेलेका थिए। उनले ९ चौका र ५ छक्का प्रहार गरेका थिए।

कप्तान ग्रेर्हाड इरास्मसले ७९ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए। जान ग्रिनले ३४ रन बनाएका थिए।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार