कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

छठ पर्वपछि नयाँ राजनीतिक परिस्थिति देखिन सक्छ : प्रचण्ड

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब निर्वाचन आवश्यक भएको बताएका छन् । उनले त्यसका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने धारणा राखे।

बुधबार बिहान जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले सरकार संसदका दलहरूसँग वार्ता गरिरहेको भन्दै विस्तारै निर्वाचनतर्फ गम्भीर हुँदै गएको देखिएको बताए । तर अझै पनि पूर्ण रुपमा निर्वाचनको वातावरण भने बन्न नसकेको उनको भनाइ छ ।

प्रचण्डका अनुसार असाधारण परिस्थितिमा अन्तरिम सरकारबाटै निर्वाचन हुनुपर्ने सुझाव दिँदै माओवादी केन्द्रले सबैभन्दा पहिले आफ्नो केन्द्रीय समितिको बैठक बसेर निर्वाचनमा जान निर्णय गरेको थियो।

उनले जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा अपिल गर्ने पहिलो पार्टी माओवादी केन्द्र भएको दाबी गरे। राजधानी बाहिर विशेषगरी मधेसमा खुला रूपमा कार्यक्रम गर्ने पहिलो पार्टी पनि माओवादी केन्द्र नै भएको जानकारी दिए ।

समाजवादी मोर्चामा रहेका पार्टीहरूबीच एकता प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै उनले छठ पर्वपछि नयाँ राजनीतिक परिस्थिति देखिन सक्ने बताए ।

प्रचण्ड महोत्तरीमा आयोजना भएको एक कार्यक्रममा सहभागी हुन आएका हुन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent