कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

एनपीएलको तेस्रो सिजनमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतियोगितामा डीआरएस लागू गरिने जानकारी दिएको हो ।

क्रिकेटमा अम्पायरले गरेको निर्णयप्रति असहमति भएमा खेलाडीलाई पुनरावलोकनको अवसर दिने डीआरएस प्रविधि अन्तर्राष्ट्रिय क्रिकेटमा व्यापक रूपमा प्रयोग हुँदै आएको छ । यस प्रणालीले अम्पायरको निर्णय सही भए–नभएको प्राविधिक माध्यमबाट परीक्षण गर्न सहयोग पुर्‍याउँछ ।

क्यानका अनुसार एनपीएलमा एलबीडब्लू (लेग बिफोर विकेट) सम्बन्धी निर्णय पुनरावलोकन गर्न फूल थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ । यसका साथै रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णयमा पनि रिभ्यूको व्यवस्था हुनेछ ।

त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई) को सहायताले बल ब्याटमा लागेको वा नलागेको पत्ता लगाउने एज डिटेक्सन प्रविधिसमेत प्रयोग गरिनेछ । यसले बल ब्याटमा छोएर गएको अवस्थाको विश्लेषण गर्न सहयोग गर्नेछ ।

प्रतियोगितामा बलको उचाइका आधारमा वाइडको निर्णय परीक्षण गर्ने सुविधा पनि उपलब्ध हुनेछ । यसबाहेक छक्काको दूरी र उचाइ मापन गर्नुका साथै बलिङसम्बन्धी विभिन्न विश्लेषणात्मक तथ्यांकसमेत उपलब्ध गराइने क्यानले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent