कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

विवाह बन्धनमा बाँधिए प्रियंका र निक

काठमाडौँ — बलिउड/हलिउड अभिनेत्री प्रियंका चोपडा विवाह बन्धनमा बाँधिएकी छन् । उनले आफूभन्दा १० वर्ष कान्छा अमेरिकी गायक निक जोनाससँग विवाह गरेकी हुन् ।

निक र प्रियंका गत डिसेम्बर १ र २ तारखिका दिन जोधपुरस्थित उम्मेद भवन प्यालेसमा विवाह बन्धनमाम बाँधिए ।

पहिलो दिन ईसाइ धर्म अनुसार र दोस्रो दिन हिन्दू परम्परा अनुसार विवाह गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।सोमबार जोधपुरबाट फर्किएर दिल्लीमा रिसेप्सन पार्टी दिएका थिए ।

मंगलबार भारतको ताज प्यालेस होटलमा आयोजित पहिलो रिसेप्सन पार्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत उपस्थित थियो ।

मोदीले नव विवाहित दम्पतिलाई बधाई तथा शुभकामना दिएका थिए ।

निक र प्रियंकाले विवाहको केही तस्बिरहरु मात्र सार्वजनिक गरेका छन् ।

 

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार