कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

तस्वीरमा हेर्नुहोस् चलचित्र ‘कृष्ण–लीला’को छायांकन

काठमाडौं । नेपाली चलचित्र ‘कृष्ण–लीला’को छायांकन सुरु भएको छ । झापाबाट छायांकन सुरु गरेको चलचित्रको टिम अहिले इलाममा चलचित्रमा समावेश ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको गीतको छायांकनमा व्यस्त छ । पछिल्लो समयका व्यस्त नायक पुष्प खड्का फिचर्ड चलचित्रको निर्देशन दीपक ओलीले गरिरहेका छन् । चलचित्रको कथा लक्ष्मण सुवेदीले लेखेका हुन् ।

चलचित्र छायांकनको सुरुवात गीतबाटै गरेको नायक पुष्प खड्काको भनाइ छ । आरआर फिल्म्सको ब्यानरमा प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी लगायतका कलाकार मुख्य भूमिकामा छन् ।डिसी नेपाल बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार