कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

विखण्डनकारी सक्रिय भएसँगै देशदौडाहमा प्रधानसेनापति, तराईको सुरक्षाबारे सुनसरीमा विफ्रिङ..

काठमाडौं, ६ असार । तराई मधेसमा विखण्डकारी तत्वले आफ्नो गतिविधि बढाएपछि नेपाली सेनाका प्रमुख प्रधानसेनापति राजेन्द्र क्षत्री देशदौडाहामा निस्किएका छन् ।


तराईमा चुनाव बहिष्कारसहित राजपाको आन्दोलन, सीके राउतको आन्दोलन गर्ने तरिकासहितको चिठ्ठी र आन्दोलनमा राउतका कार्यकर्ता सहभागी भएको रिपोर्ट पाएपछि पूर्वसेनापतिहरुसँग परामर्श लिई क्षत्री देश बचाउन सक्रिय भएका हुन् ।

उनले केही दिनअघि मात्रै सरकारलाई चेतावनीसहितको सुझाव दिँदै राजनीतिक तहबाट समस्याको समाधान नभए सेना अघि बढ्ने कुरा पनि जानकारी गराइसकेका छन् ।

यसक्रममा प्रधानसेनापति क्षत्री मंगलबार सुनसरी पुगेका छन् । पूर्वमा असार १४ गते दोस्रो चरणको चुनाव भइरहेको सन्दर्भमा क्षत्री सुरक्षा अवस्था बझ्न सुनसरी पुगेका हुन् ।

उनले त्यहाँ पूर्वका क्षेत्रीय प्रशासक लगायत क्षेत्रीय सुरक्षा निकायका प्रमुखहरुसँग सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । क्षेत्रीय सुरक्षाका निकायका प्रमुखले त्यहाँको सुरक्षाबारे क्षत्रीलाई ‘विफ्रिङ’ गरेका थिए ।

पूर्वी पृतना हेडक्वार्टरको निरीक्षण
सुनसरी पुगेका प्रधानसेनापति क्षत्रीले मंगलबारै ईटहरीस्थित श्री पूर्वी पृतना हे.क्वा.को निरीक्षण गरेका छन् । त्यसक्रममा उनले उक्त पृतनाको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए ।Dainik Online

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent