कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ओलीलाई ‘किस’ गर्ने महिलाबारे यस्तो खुलासा…

झापा, ११ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गृहजिल्ला झापामा सार्वजनिक समारोहमै ‘किस’ गर्ने एक महिलाको बारेमा थप खुलासा भएको छ ।

ओलीलाई ‘किस’ गर्ने महिलाको बारेमा दैनिक नेपालले सबैभन्दा पहिला समाचार ‘ब्रेक’ गरेपछि यसको सर्वत्र चर्चा र चासोको विषय भएको थियो । खासगरि, सामाजिक सञ्जालमा त यो भाइरल नै भएको थियो । ओलीलाई चुनावी सभाको बेला मञ्चमा ‘किस’ गरेको भिडियोलाई झापाका पत्रकार एवं दैनिक नेपालका सहयोगी लक्ष्मी काफ्लेले कैद गरेका थिए । उनैले दैनिक नेपाललाई प्रदान गरेपछि पहिलोपटक यो समाचार सार्वजनिक भएको थियो ।

पूर्वप्रधानमन्त्री ओलीलाई किस गर्ने महिलाका बारेमा खुबै चर्चा भएपछि उनको बारेमा थप खोजीको विषय बनेको थियो । तर, ओलीलाई त्यति स्नेह देखाउने ती महिला उनकी आफ्नै सानीमा भएको खुलासा भएको छ ।

झापा बिर्तामोड वडा नम्बर ९, गरामनी निवासी ती महिला हुन्, सावित्रा थपलिया । बाल्यकालकी साथी समेत रहेकी उनले बर्षौपछि भेटेको खुसीमा ओलीलाई चुम्बन गरेको बताइन् । बुढामावलीमा हुर्किएका ओलीसँग उनको २५ बर्षपछि भेट भएको खुलासा समेत भएको छ । ७० वर्षकी थपलिया ओली आउने थाहा पाएर नै गत बुधबार बिर्तामोडको एमालेको चुनावी सभामा गएकी थिइन् ।

ओलीलाई देख्नासाथ एकाएक स्टेजमा पुगेकी उनले ‘मलाई चिन्नु भो’ भनेर प्रश्न सोधेकी थिइन् । जबाफमा ओलीले ‘नमस्कार गर्दै सानिमालाई चिन्दिनँ के त’ भनेका थिए । त्यसपछि उनले एकाएक ओलीलाई पहिले बाँया, अनि त्यसपछि दायाँ गालामा किस गरेकी थिइन् ।दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent