कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मलेसियामा भाइरल बन्यो नेपाली सुरक्षा गार्डको ‘पराक्रम’……

क्वालालम्पुर । मलेसियामा पहिलो रोजाइमा पर्ने नेपाली सुरक्षा गार्डले हालै गरेको एउटा कामले यतिबेला यहाँको इन्टरनेट दुनियाँ तताइरहेको छ ।

सुवाङजयाको एक अपार्टमेन्टको सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डमाथि आक्रमण गर्ने मार्सल आर्टका पारङगत लडाकूसँग भएको भिडन्तको भिडियो यतिबेला मलेसियामा भाइरल भइरहेको छ ।

यो भिडियो अहिलेसम्म ६० लाखभन्दा बढिले हेरिसकेका छन् भने करिव ५४ हजार जनाले सेयर गरेका छन् । ‘डिस्कभर सुवाङजया’ फेसबुक पेजबाट सार्वजनिक गरिएको यो भिडियोमा सुरुमा एक हट्टाकट्टा युवक अपार्टमेन्टमा प्रवेश गर्न खोज्छन् । सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डले सोधपुछ गर्दा उनले नेपाली सुरक्षागार्डमाथि मुक्का प्रहार गर्छन् ।

तत्कालै उनले प्रतिबाद गर्छन । सँगै ड्युटीमा रहेका अन्य नेपाली सुरक्षागार्ड पनि उनको सहयोगका लागि आइपुग्छन । ठूलो ज्यानका यी मार्सलआर्ट खेलाडी हेर्दाहेर्दै नेपाली सुरक्षागार्डको कब्जामा पुग्छन् । उनलाई नियन्त्रणमा लिएर सुरक्षागार्डले डोरीले हात बाँधिदिन्छन् ।

 

चारवटा भिडियो र दुईवटा तस्वीरसहित पोष्ट गरिएको यो भिडियो २४ घण्टा नपुग्दै मलेसियाभर भाइरल भएको छ । सामाजिक सञ्जालमा मलेसियाली नागरिकहरुले नेपाली सुरक्षागार्डको ड्युटीप्रति खुसी ब्यक्त गरेका छन् । नेपाली सुरक्षागार्डले राम्रो काम गरेको र यही कामका कारण मलेसियाका वस्तीहरु सुरक्षित रहेको भन्दै उनीहरुले नेपाली सुरक्षागार्डलाई बधाइ पनि दिएका छन् ।

सुरक्षागार्डको नियन्त्रणमा परेका मार्सल आर्ट लडाकूले भने आफुले सुरुमा थप्पड हान्नु गल्ती भएको फेसबुकमार्फत् बताएका छन् । आफु उनीहरुसँग लडन सक्षम भए पनि धेरै प्रतिकार नगरेको उनले दावी गरेका छन् । ‘मैले सुरुमा थप्पड हान्नु गल्ती थियो, मैले उनीहरुसँग सरी भनेर माफी पनि मागिसकेँ । यो एउटा सामान्य असमझदारीबाहेक केही हैन् ।’ उनले भनेका छन् ।

Posted by Discover Subang Jaya on Monday, July 17, 2017

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |