कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

एकैदिन थपिए २४२८ जना कोरोना संक्रमित, पाँचजनाको मृत्‍यु

९ वैशाख, काठमाडौँ। पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २५ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु...

April 22nd, 2021

एमाले मुख्यालयबाट बालिका खड्का पक्राउ

काठमाडौं / बालिका खड्कालाई नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला गाली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । खड्काले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’भन्दै गाली गरेकी थिइन् । उनलाई महानगरीय प्रहरी वृत्त...

April 22nd, 2021

भारतमा एकैदिन झण्डै तीन लाख नयाँ संक्रमित थपिए, दुई हजारभन्दा बढीको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का दुई लाख ९५ हजार ४१ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार २३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या पनि साढे २१ लाख नाघेको छ । यससँगै भारतमा...

April 21st, 2021

केकीलाई कोरोना संक्रमण भएपछि रोकियो ‘घिन्ताङ’को छायांकन

सोमबारदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘घिन्ताङ’को सेड्यूल प्रभावित भएको छ । चलचित्रकी नायिका केकी अधिकारीको कोरोना रिपोर्ट पोजिटिभ आएपछि छायांकन प्रभावित भएको हो । पहिलो पटक टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएपछि केकीले विश्वास नलागेर दोश्रो पटक पनि टेष्ट गरेकी थिइन् । तर, दोश्रो पटक पनि कोरोना पोजिटिभको रिपोर्ट...

April 20th, 2021

२४ घण्टामा थपिए १०९६ जना कोरोना संक्रमित

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अथ्यांक सार्वजनिक गर्दै करिब ६ हजारको परीक्षण गरिएकोमा १०९६ जना संक्रमित पुष्टि भएको बताए। उनका अनुसार ५०८४ जनाको पीसीआर परीक्षण गर्दा १०१५ जनामा संक्रमण...

April 18th, 2021

मोवाइल चार्ज गर्ने क्रममा एक जनाको मृत्यु, १५ घाइते

धनकुटाको महालक्ष्मी नगरपालिकामा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज हुँदा करेन्ट लागेर चन्द्रबहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर अन्य १५ जना घाइते भएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए । घाइते...

April 18th, 2021

जुटे पाँचथरे कलाकारहरु ‘पान्थर-काठमाडौ कलाकार मञ्च’ गठन

काठमाडौ उपत्यकामा रहेर कला क्षेत्रमा कृयाशिल पाँचथरे कलाकारहरुले ‘पान्थर-काठमाडौ कलाकार मञ्च’ गठन गरेका छन । शुक्रवार अनामनगरस्थित संवाद डबलीको सभाहलामा सम्पन्न भेलाले गठन अध्यक्षमा यसेली योङ्हाङ चयन गरेको छ । उपाध्यक्षहरुमा रोशन बान्तावा,बिराज आङ्देम्बे,अशोक मुकाराङ,डिपि खनाल,निरन्ता नेम्बाङ,महासचिवमा दिनेश लिङ्देन,सचिवहरुमा बद्री हिङमाङ,यादन सेर्मा,सिर्जना जबेगु,निशा आङ्देम्बे,कोषाध्यक्षमा लक्ष्मी योङ्हाङ र सह-कोषाध्यक्षमा नरेश...

April 17th, 2021

कर्णालीको सन्देशः ओलीदेखि राईसम्म कोही पनि सुरक्षित छैनन्

काठमाडौं। एमालेको एकल बहुमत रहेको कर्णाली प्रदेशमा शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत हुने र एमाले नेता यामलाल कँडेल मुख्यमन्त्री हुने सिधासिधा राजनीति थियो। तर, राजनीति सरल रेखामा अगाडि बढ्दैन। एमालेकै सांसदहरुले फ्लोर क्रस गरेर शाहीको सरकार जोगाइदिए। मुख्यमन्त्री बन्न तयारी अवस्थामा रहेका कँडेल जिल्लिए। कर्णालीमा...

April 16th, 2021

ओली पक्षकै १ र नेपाल पक्षका ३ सांसदको मत पाउँदा माओवादी मुख्यमन्त्री शाहीको पद सुरक्षित

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन्। शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले मागेको विश्वासको मत पाएका हुन्। सो प्रदेशका एक सांसदका अनुसार एमालेकै केहि सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मत हालेपछि उनको पद सुरक्षित भएको हो। ‘प्रधानमन्त्री केपी ओली पक्षकै एकजना एमाले सांसद र माधव नेपाल पक्षका...

April 16th, 2021

सिपाडोलको गाई फर्ममा युवकको हत्या, हत्या गरेर भाग्दै गरेका व्यक्ति पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ स्थित सिपाडोलस्थित गाई फर्ममा एक युवकको हत्या भएको छ। बिहीबार दिउँसो धारिलो हतियार प्रहार गरी सोलुखुम्बु घर भई मनोहरा सुकुम्बासी बस्तीमा बस्ने अन्दाजी २० वर्षीय ईश्वर राईको हत्या भएको हो। प्रहरी परिसर भक्तपुरले हत्या गरेर भाग्दै गरेका व्यक्तिलाई पक्राउ गरेको प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी...

April 15th, 2021