कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

बढी जमघट हुने कार्यालयहरु अनिश्चितकालका लागि बन्द (मन्त्रिपरिषदको निर्णयहरु)

काठमाडौं, २७ साउन । देशभर कोरोना भाइरस संक्रमण व्यापक बन्न थालेपछि सरकारले सेवाग्राहीको बढी जमघट हुने सबै खालका कार्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । सरकारले बढी जनसम्पर्क हुने सरकारी सरकारी तथा गैरसरकारी कार्यालयहरु अर्को सूचना जारी नभएसम्म बन्द राख्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता डा....

August 11th, 2020

गोंगबु हत्या प्रकरण: ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’

काठमाडौं, २७ साउन । गोंगबुमा शनिबार साँझ भएको हत्याकी अभियुक्त कल्पना मुठभरी पौडेलले हत्या गर्नुको कारण खुलाएकी छिन् । उनले प्रहरीसँगको बयानमा नक्कली आइडी बनाएर फेसबुकमा नग्न तस्बिरहरु सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या गरेको बयान दिएकी छिन् । अपराध महाशाखाका एसएसपी दिपक थापाले बोहराले नक्कली फेसबुक आइडी बनाएर...

August 11th, 2020

सुटकेशभित्र भेटिएको शवको सनाखत हुन नसकेपछि प्रहरीले सार्वजिनक गर्यो मृतकको तस्वीर

काठमाडौं । काठमाडौंको गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको एक शवको पहिचान भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार हत्या गरिएका पुरुष रोल्पाका कृष्णबहादुर बोहोरा भएको खुलेको हो । उनले भने, “शवको सनाखत भएको छ । बाँकी अनुसन्धान जारी छ । अहिले विस्तृतमा भन्‍न...

August 10th, 2020

भारत जोधपुरमा एकै परिवारका ११ जना मृत फेला, घटना रहस्यमय

भारत, २६ साउन । भारतको राजस्थानस्थित जोधपुर जिल्लामा एकै परिवारका ११ जना मृत भेटिएका छन् । उनीहरूको हत्या भएको आशंका गरिएको छ । पास्कितानबाट विस्थापित उनीहरूको शव जोधपुर जिल्लाको देचु थाना क्षेत्रको खेतमा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । छेउमा विषका बोतल र सुई पाइएको स्थानीय प्रहरीले जनाएको छ...

August 10th, 2020

सबैतिर बाट आलोचना भएपछी भाग्य न्यौपानेले मुख खोले

काठमाडौँ : केही दिनअघि कपनमा तीन महिनाको एक बच्चा फेला परेका थिए । त्यहाँ प्रहरीभन्दा पहिले युट्युबर पहिला पुगेका थिए । यसरी पुग्नेमध्येका भाग्य न्यौपाने पनि एक थिए। भाग्य न्यौपानेले बालगृहमै पुगेर बच्चाका लागि भन्दै पुष्पालाई १० हजार रुपैयाँ पनि दिए । त्यसको दुई दिनपछि उनी फेरि केयर एयर...

August 9th, 2020

गोंगबुमा सुटकेसभित्र टाउकोविनाको शव भेटियो

२५ साउन, काठमाडौं । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ । शवको पहिचान भएको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ । घटनास्थलमा प्रहरीको विशेष...

August 9th, 2020

च्याम्पियन्स लिग : मेस्सी र सुआरेजको गोलसँगै बार्सिलोना क्वार्टर फाइनलमा

काठमाडौं, २५ साउन । लियोनल मेस्सी र लुइस सुआरेज प्रेरित बार्सिलोनाले नापोलीलाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ । क्वार्टर फाइनलमा अब बार्सिलोनाले बार्यन म्युनिखको सामना गर्नेछ । शनिबार राति अन्तिम १६ को दोस्रो लेगमा नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ४–१ को नतिजा सहित बार्सिलोना क्वार्टरफाइनलमा...

August 9th, 2020

ताप्लेजुङकी सुनिता बनिन् अनलाइन पालाम प्रतियोगिताको बिजेता

ताप्लेजुङ । प्रथम बिश्वब्यापी अनलाइन पालाम प्रतियोगिता २०२० को ऐतिहासिक पहिलो बिजेता फुङलिङ नगरपालिका ९ नम्बर वडा, हाङदेवा  निवासी सुनिता केदेम लाबुङ भएकी छिन् । बिहिबार निर्णायकमध्येका मुख्य निर्णायक याशेली योङहाङले याक्थुङ कल्चरल ग्रुपको फेसबुक पेज मार्फत प्राज्ञ बैराँगी काइँलाले बिजेता घोषणा गरेका हुन् । सुनिताले ट्रफी प्रमाणपत्रसहित, ५० हजार...

August 8th, 2020

एमाले ब्युँताउने ओलीको तयारी !

काठमाडौं, २४ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरुसँग छलफल गरेका छन् । पार्टीभित्र आफूविरुद्ध घेराबन्दी भैरहेको अवस्थामा अब कसरी अघि बढ्ने भनेर ओलीले आफूनिकट नेताहरुसँग आन्तरिक छलफल तथा परामर्श गरेका हुन् । ओलीद्वारा नेकपा बिघटन गरी एमाले ब्युँताउने देखि संकटकाल लगाउने...

August 8th, 2020

बहिनी नाता पर्ने किशोरीलाई बलात्कार, वडा अध्यक्ष जेल चलान

कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष  जगधिश शाही पूर्पक्षका लागि जेल चलान भएका छन् । किशोरीलाई बलात्कार आरोमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले कारागार चलान गर्ने निर्णय गरेको हो ।  अदालतका श्रेस्तेदार दामोदर घिमिरेका अनुसार जबरजस्ती करणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने...

August 8th, 2020