कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

कपिलवस्तुमा थप १० जनामा कोरोना, नेपालमा संक्रमितको संख्या १२० पुग्यो

काठमाडौँ — नेपालमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२० पुगेको हो । संक्रमण पुष्टि भएका सबै कपिलवस्तु जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका–५,...

May 11th, 2020

कोरोनाबाट विश्वभर ७८ नेपालीको मृत्यु, ५,४७२ जना संक्रमित

विश्वव्यापी कोरोना भाइरस संक्रमणबाट शनिबारसम्ममा विश्वभर ७८ जना नेपालीले ज्यान गुमाउनु परेको छ । संसारभर रहेका ७८ जना गैरआवासीय नेपालीले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनु परेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको हो । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको...

May 10th, 2020

भारतीय अतिक्रमणविरुद्ध आइतबार पनि सडकमा प्रदर्शन, केही प्रदर्शनकारी पक्राउ

काठमाडौँ — भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा आइतबार पनि ठाउँठाउँमा विरोध प्रदर्शन भइरहेको छ । लकडाउनका बीच नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि पुगेर मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीलगायतका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले...

May 10th, 2020

भारतले दुई पक्षीय सम्झौता तोडेर लिपुलेकमा सकड निर्माण गर्नु आपतिजनक : परराष्ट्र मन्त्रालय

काठमाडौं, २७ बैशाख । भारतले दुई पक्षीय सम्झौता तोडेर नेपालको लिपुलेकमा सडक निर्माण गरेकोमा नेपालले आपति जनाएको छ । परराष्ट्र मन्त्रालयले आज (शनिबार) एक विज्ञप्ति जारी गर्दै भारतको उक्त कदमप्रति दुःख व्यक्त गरेको छ । सन् १८१६ को सुगौली सन्धीअनुसार काली (महकाली) नदीको पूर्वपट्टी रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको...

May 9th, 2020

लकडाउन भए पनि आजदेखि यी व्यवसाय सञ्चालन गर्न पाइने

काठमाडौं, २६ बैसाख । सरकारले थप गरेको लकडाउनको समयावधि आजबाट शुरु भएको छ । जेठ ५ सम्मका लागि थपिएको बन्दाबन्दीको यस अवधिमा सरकारले केही पेशा व्यवसाय सञ्चालन गर्न दिने निर्णय गर्दै जनजीवन केहि खुकुलो बनाउने प्रयास गरेको छ । लकडाउनका बेला सञ्चालन गर्न मिल्ने र नमिल्ने उद्योग, व्यवसायबारे मन्त्रिपरिषदले गरेको...

May 8th, 2020

कपिलवस्तुका दुई पुरुषमा कोरोना, नेपालमा संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौं, २५ बैसाख । कपिलवस्तुका दुई जना पुरुषमा आज (बिहीबार) कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख गरिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आज भेटिएका संक्रमित कपिलवस्तु–८ निवासी १६ र २२ वर्ष...

May 7th, 2020

आज किरात समुदायकाे महान पर्व उभाैली : नाच स्थगित, लकडाउन पालना गरी मनाउन राष्ट्रपतिको आग्रह

२५ वैशाख । प्रकृति र पितृको पूजा गरी आज किरात समुदायको महान चाड उभौली पर्व मनाइँदै छ । खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस् भन्ने कामनासहित किरात समुदायले बाली लगाउने समय पारेर पितृ तथा भूमिको पूजाआजा गरी उभौली पर्व मनाउने प्रचलन छ । बालीनाली नबिग्रीयोस् भनेर प्रकृतिको पूजा...

May 7th, 2020

भोलिबाट बजेट अधिवेशन, सभामुखसहित सांसदहरुको कोरोना परीक्षण सुरु

काठमाडौं, २५ बैशाख । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा आजबाट कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षण सुरु गरिएको छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । राष्ट्रिय सभा सांसदहरुको परीक्षण बिहान १० बजेदेखि र प्रतिनिधिसभा सांसदहरुको ११ बजेदेखि पीसीआर प्रविधिबाट...

May 7th, 2020

लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

२४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ ।...

May 6th, 2020

कोरोनाबाट बेलायतमा अर्का एक भूपु गोर्खा सैनिकको मृत्यु

बेलायत, २३ बैसाख । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट बेलायतमा फेरि अर्का एक भूपु गोर्खा सैनिकको ज्यान गएको छ । बेलायतमा कोरोना भाइरस संक्रमणबाट ७५ वर्षीय पूर्व गोर्खा नारायण कोन्मे गुरुङको मृत्यु भएको हो । ननिटनको ‘जर्ज इलिएट अस्पताल’ मा उपचारकै क्रममा ज्यान गएको हो । अन्य कुनै किसिमको रोग...

May 5th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent