कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

नेपालगञ्जमा आज थप सात जनालाई कोरोना, संक्रमितको संख्या ८२ पुग्यो

नेपालगञ्ज, २३ बैसाख । नेपालगञ्जमा आज (मंगलबार) थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँग नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । नेपालगञ्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९,...

May 5th, 2020

कोरोना संक्रमित ३५ लाख नाघे, दुई लाख ४७ हजारभन्दा बढीको मृत्यु

२२ वैशाख, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने मानिसको संख्या ३५ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसका ३५ लाख ६ हजार ९२४ जना संक्रमित फेला परेका छन् । समग्र संक्रमितको एक चौथाइभन्दा बढी संक्रमित अमेरिकामा भेटिएका छन् । अमेरिकामा अहिलेसम्म...

May 4th, 2020

भारतमा एकै दिन थपिए २८ सय कोरोना संक्रमित, ज्यान गुमाउने १,३९१ पुगे

नयाँदिल्ली, २२ बैशाख । छिमेकी देश भारतमा कोरोनाबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या दिन दिनै बढ्दै गएको छ । भारतमा आइतबार एकै दिन दुई हजार ८०६ जना नयाँ संक्रमित थपिएका छन् । यो भारतमा एकै दिन देखा परेको अहिलेसम्मकै धेरै संख्या हो । संक्रमणको कारण भारतमा शनिबार ६८ जनाले...

May 4th, 2020

निको भएर घर फर्किएका रौतहटका युवकलाई फेरि आइसोलेसनमा ल्याइयो

काठमाडौँ — एक साताअगाडि निको भएर घर फर्किएका रौतहट, इशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुन: नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको छ ।  शनिबार राति साढे ७ बजेतिर उनलाई घरबाट नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको हो । तीन भारतीय मुस्लिम धर्म प्रचारक र ती युवक गत आइतबार निको...

May 3rd, 2020

किम सार्वजनिक भएको २४ घण्टाभित्रै उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान

काठमाडौं, २१ बैसाख । मृत्युको हल्लाबीच उत्तर कोरियाली शासक किम जोङउन सार्वजनिक भएको २४ घण्टा नबित्दै उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान भएको छ । २० दिनपछि किम सार्वजनिक भएको २४ घण्टा नबित्दै दुई कोरियाली भू–भाग छुट्ट्याउने सीमा क्षेत्रमा ती देशका सेनाबीच गोली हानाहान भएको बीबीसीले जनाएको छ । शुरुमा...

May 3rd, 2020

भारतबाट उद्धार गरिएका वृद्धको क्वारेन्टिनमा लैजाँदै गर्दा मृत्यु, स्वाब परीक्षण गरिने

पाल–भारत सीमा झुलाघाटबाट उद्धार गरेर बैतडीका एक वृद्धको निधन भएको छ। बिहीबार दिउँसो उत्तराखण्डको पिथौरागढबाट नेपाल आएका पुर्चौडी नगरपालिका–६ घर भएका ६७ वर्षीय जुनी लोहारको शनिबार बिहान ७ बजे निधन भएको हो।  बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले लोहारको मृत्यु भएको पुष्टि गरे। उनले ती वृद्ध दमको रोगी रहेको...

May 2nd, 2020

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी : सात घर र घुम्ती पसल खरानी

ताप्लेजुङ, २० बैसाख । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको पुरानो बैैंक लाइन ट्याक्सी स्टेशन छेउमा शुक्रबार बेलुका भिषण आगालागी हुँदा सात घर र पाँच घुम्ती पसल जलेर खरानी भएका छन् । बेलुका साढे नौ बजेतिर भण्डारी खाजाघर छेउबाट शुरु भएको आगो उत्तरतिर नेपाली कांग्रेसको पार्टी कार्यालय बसेको घरसम्म पुगेको थियो ।...

May 2nd, 2020

नेकपा अध्यक्ष प्रचण्ड र नेता नेपालसँग चिनियाँ राजदूतको भेटघाट

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) प्रमुख नेताहरुसँग भेटघाट तीव्र पारेकी छन्। उनले शुक्रबार बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेकी छन्। पूर्व प्रधानमन्त्रीद्वय प्रचण्ड र नेपालसँग उनीहरुको निवास क्रमशः खुमलटार र कोटेश्वर पुगी भेट गरेकी हुन्।...

May 1st, 2020

‘भद्रगोल’ का हाँस्य कलाकार ‘बेलासे’ लाई कोरोना संक्रमण

काठमाडौं, १९ बैसाख । नेपाली हाँस्य टेली श्रृखला ‘भद्रगोल’ का निर्माता तथा कलाकार सुवास कार्की ‘बेलासे’ लाई कोरोना संक्रमण भएको छ । करीब दुई बर्षदेखि लण्डनमा बस्दै आएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि लण्डनस्थित निवासमै सेल्फ आइसोलेसनमा बसेका छन् । श्रीमती वीना, एक छोरा र एक छोरीका साथ लण्डनमा बस्दै...

May 1st, 2020

कोभिड-१९ : अमेरिकामा ज्यान गुमाउनेको संख्या ६१ हजार नाघ्यो, संक्रमित साढे १० लाख

 १८ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दर र दैनिक मृत्यु संख्यामा कमी आउन सकेन । अघिल्ला केही दिनहरुमा कमी आएको भए पनि मंगलबार र बुधबार फेरि यो संख्या बढेको छ । बुधबार मात्र अमेरिकामा कोरोना संक्रमणका कारण २ हजार ३९० जनाको ज्यान गएको वर्ल्डोमिटर्सको तथ्यांकले...

April 30th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent