कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी : सात घर र घुम्ती पसल खरानी



ताप्लेजुङ, २० बैसाख । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको पुरानो बैैंक लाइन ट्याक्सी स्टेशन छेउमा शुक्रबार बेलुका भिषण आगालागी हुँदा सात घर र पाँच घुम्ती पसल जलेर खरानी भएका छन् ।

बेलुका साढे नौ बजेतिर भण्डारी खाजाघर छेउबाट शुरु भएको आगो उत्तरतिर नेपाली कांग्रेसको पार्टी कार्यालय बसेको घरसम्म पुगेको थियो ।

दक्षिणतिर भने राम चौधरीको घर पुरै र दुर्गा ढुङ्गानाको दूध डेरी आंशिक रुपमा भत्काएर आगो नियन्त्रमा लिने प्रयास गरिएको थियो । फुङलिङ नगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयको संयुक्त प्रयासमा आज (शनिबार) विहानसम्ममा आगो नियन्त्रमा लिइएको थियो ।

अगलागीबाट खड्ग थापा, भट्टराई चिया पसल, सरस्वती बुक एण्ड स्टेशनरीलगायत थुप्रै व्यक्तिगत घरहरु जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

ताप्लेजुङमा बर्षेनीजसो आगलागीका घटना हुँदै आएका छन् । २०७१ मा फुङलिङमा आगलागी हुँदा ३५ घर जल्दा करोडौको धनमाल नष्ट भएको थियो भने ९० घर परिवार विस्थापित हुनु परेको थियो ।

नयाँ पेज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार