
काठमाडौं, २५ बैसाख । कपिलवस्तुका दुई जना पुरुषमा आज (बिहीबार) कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आज भेटिएका संक्रमित कपिलवस्तु–८ निवासी १६ र २२ वर्ष उमेरका पुरुष हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको समेत मन्त्रालयले जनाएको छ ।



