कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

राप्रपाको चियापान समारोहमा प्रधानमन्त्री ओलीपनि सहभागी

काठमाडौँ, २७ पुस । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइएको छ । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा चियापान समारोह आयोजना गरेको थियो । उक्त चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहभागिता जनाएका छन् । उक्त समारोहमा...

January 11th, 2025

रविसँग मागियो ६५ लाख धरौटी

काठमाडौं, २५ पुस । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले उनलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

January 9th, 2025

तिब्बत भूकम्प अपडेट: मृतकको संख्या ३६ पुग्यो

आज बिहान चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ। चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार मंगलबार बिहान गएको ६ ।८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको हो। क्षतिको विवरण संकलन जारी छ। नेपालमा पनि उक्त भूकम्पको धक्का पूर्वी पहाड हुँदै काठमाडौँ उपत्यकासम्म महसुस भएको थियो।...

January 7th, 2025

माओवादीले पार्टी एकताका लागि उच्चस्तरीय कार्यदल बनाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले माओवादी धारका पार्टीहरूसँग एकता गर्न उच्चस्तरीय संवाद कार्यदल बनाउने भएको छ । आज (आइतबार) बाट काठमाडौंमा सुरू केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको सन्दर्भमा विगतबाट पाठ सिक्नुपर्ने बताए । ‘विगतमा स्कुलिङ नमिल्ने पार्टीबीच पर्याप्त...

January 5th, 2025

पूर्व राष्ट्रपति भण्डारी निवासमा प्रधानमन्त्री ओली

काठमाडौं, १८ पुष । प्रधानमन्त्री केपी शर्मा ओली पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका छन् । बुढानिलकण्ठस्थित् भण्डारीको निवासमा पुगेर प्रधानमन्त्री ओलीले आज साँझ भेट गरेका छन् । पार्टीको सचिवालय बैठकलगत्तै प्रधानमन्त्री ओली भण्डारीलाई भेट्न पुगेका हुन् । भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने हल्लाबीच प्रधानमन्त्री ओली आज उनलाई भेट्न...

January 2nd, 2025

आगामी निर्वाचनमा विप्लवको पार्टीले पनि भाग लिने, आयोगमा दल दर्ता गराउने निर्णय

काठमाडौं, १६ पुस । नेपाल कम्युनिष्ट पार्टीले आगामी २०८४ को निर्वाचनमा भाग लिने भएको छ । कपिलवस्तुको शिवगढीमा भर्खरै सम्पन्न भएको पार्टीको बैठकले निर्वाचनमा भाग लिने र निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय लिएको हो । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरु सार्वजनिक गरेका...

December 31st, 2024

सुर्य प्रकाश चेम्जोङको निर्देशनमा लिम्बू चलचित्र ‘सेक्मुरी’ निर्माण हुदै

लिम्बु भाषाको चलचित्र ‘सेक्मुरी’ निर्माण हुने भएको छ | बिहिबार ललितपुरस्थित हात्तीवनमा लिम्बुनी फिल्म्सद्वारा शुभमुहर्त कार्यक्रमको आयोजना गरि घोषणा गरिएको हो | सुभमुहर्त कार्यक्रममा आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति चलचित्र विकास बोर्डका संयोजक ज्योतिराज राइ, नेपाल आदिवासी जनजाति चलचित्र महासंघका निवर्तमान संघीय अध्यक्ष अमृत सुनुवार, किरात याक्थुङ चुम्लुङका...

December 28th, 2024

माओ दिवसमा प्रचण्ड : नेपालका कम्युनिस्ट एकताबद्ध हुनु आवश्यक

प्रमुख प्रतिपक्षी नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नेपालका कम्युनिस्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध  हुनु आवश्यक भएको बताएका छन्। चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको जन्म दिवसका अवसरमा बिहीबार विज्ञप्ति जारी गर्दै उनले माओको विचार र प्रयोगबाट प्रेरणा लिनुपर्नेमा समेत जोड दिएका छन्। ‘कमरेड माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिंदै नेपालका...

December 26th, 2024

कन्सर्टका लागि काठमाडौं आइपुगे सोनु निगम, ढाका टोपीले स्वागत

काठमाडौं । भारतीय चर्चित गायक सोनु निगम काठमाडौं पुगेका छन् । बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टका लागि काठमाडौं पुगेका हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसकेका छन् । आयोजकले विमानस्थलमा सोनुलाई ढाका टोपी लगाएर स्वागत गरेका छन् । उनलाई विमानस्थलमा खादामालासहित...

December 25th, 2024

एकीकृत समाजवादीले वामदेवलाई छिट्टै पार्टीमा भित्र्याउने

काठमाडौं, २ पुस । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई पार्टीमा भित्र्याउने भएको छ । गत मंसिर २६ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक आज समापन गर्दै एकीकृत मसाजवादीले पार्टीमा आउने मनशाय राखेको शीर्ष नेताहरुलाई भित्र्याउने निर्णय गरेको हो । बैठकमा...

December 18th, 2024
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent