कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

माओ दिवसमा प्रचण्ड : नेपालका कम्युनिस्ट एकताबद्ध हुनु आवश्यक

प्रमुख प्रतिपक्षी नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नेपालका कम्युनिस्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध  हुनु आवश्यक भएको बताएका छन्।

चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको जन्म दिवसका अवसरमा बिहीबार विज्ञप्ति जारी गर्दै उनले माओको विचार र प्रयोगबाट प्रेरणा लिनुपर्नेमा समेत जोड दिएका छन्।

‘कमरेड माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिंदै नेपालका कम्युनिस्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ,’ विज्ञप्तिमा भनिएको छ।

सरकारको नेतृत्वमा आफूहरुले सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान नेपाली मौलिकता अनुसारको समाजवाद निर्माण गर्ने रणनीति अनुसारै भएको प्रचण्डको भनाइ छ। 

‘हामी यतिबेला नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूतरुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत छौं,’ उनले भनेका छन्, ‘विगतमा हामीले सरकारको नेतृत्वमा रहेर सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनैतिक कदम थियो र हाम्रो पार्टीले आज पनि यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको छ।’ 

May be an image of text

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार