कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

राप्रपाको चियापान समारोहमा प्रधानमन्त्री ओलीपनि सहभागी

काठमाडौँ, २७ पुस । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइएको छ । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा चियापान समारोह आयोजना गरेको थियो । उक्त चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहभागिता जनाएका छन् ।

उक्त समारोहमा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत सहभागी भएका थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार