कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

शिव कुमार सम्बाहाम्फे र इन्दिरा चोङ्बाङ को सिकुम्दिङ निङ्वा पालाम सार्वजनिक

लिम्बु समुदाय लेअध्यन स्वाथ्य शिक्षा र आफ्नो जातिय पहिचान मा बिशेष ध्यान दिनु पर्छ एक अर्कामा झै झगडा गर्नु हुन्न भन्ने चेतना सहित पालाम भिडियोको कथा सुरु हुन्छ अब हामि लिम्बु जाति सचेत हुनु पर्छ भन्ने सन्देस दिन खोजिएको सिकुम्दिङ निङ्वा पालामको भिडियो हालै सार्वजनिक भएको छ | शिव...

November 24th, 2022

झापा ४ मा एमालेका लालप्रसाद साँवा विजयी

झापा । झापाको निर्वाचन क्षेत्र नं.४ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का लालप्रसाद साँवा निर्वाचित भएका छन् । एमालेका प्रदेश कमिटीका सचिवालय सदस्यसमेत रहेका निवर्तमान् सांसद साँवाले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस झापाका सभापतिसमेत रहेका देउमान थेवेलाई ६ हजार ८६७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । एमालेका साँवाले २९...

November 24th, 2022

साविक उपविजेता क्रोएशियालाई मोरक्कोले रोक्यो

साविक विजेता फ्रान्सले शानदार सुरुवात गर्दा उपविजेता क्रोएशिया विश्वकपको पहिलो खेलमा बराबरीमा रोकिएको छ। समूह ‘एफ’को पहिलो खेलमा मोरक्कोसँग गोलहित खेलेको हो।  अल बायत स्टेडियममा बुधबार साँझ भएको खेलमा मोरक्को र क्रोएशियाले अंक बाँडेका हुन्।  खेलको पहिलो हाफमा क्रोएशियालाई दबाबमा राखेको मोरक्कोले दोस्रो हाफमा पनि सम्हालिएको प्रर्दशन गर्यो।  दोस्रो हाफमा...

November 23rd, 2022

काठमाडौं–४ मा गगन थापाको सानदार जित

काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। यससँगै गगनले काठमाडौं ४ बाट ह्याट्रिक जित निकाल्न सफल भएका छन्।  उनले यहाँ नेकपा एमालेका पुरानै प्रतिस्पर्धी डा. राजनकुमार भट्टराईलाई पराजित गरेका छन्। यहाँ गगनले २१ हजार ३०२ मत ल्याउन सफल भएका छन्। उनीसँग...

November 22nd, 2022

ललितपुर–३ मा तोसिमा कार्कीले फेरी लिइन अग्रता

काठमाडौं, ५ मंसिर । देशभर आइतबार भएको प्रतिनिधि सभा एवं प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । सुरुवाती अग्रता लिइरहेका उम्मेदवारहरु पछि पर्दै आएका छन् । ललितपुर–३ मा सुरुवाती अग्रता लिएका नेकपा एमालेका अमृत खड्कालाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की अग्रस्थानमा रहेकी छिन् । पछिल्लो मतपरिणाम अनुसार ४९०५...

November 21st, 2022

प्रदेशमा पनि कांग्रेसले खाता खोल्यो, मुस्ताङ ‘१’ बाट नाम्डु गुरुङ विजयी

अघिल्लो चुनावको नतिजा उल्टाउँदै मुस्ताङको प्रदेश सभा (क) मा नेपाली  कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन्। अघिल्लो चुनावमा इन्द्रधारा विष्ट  १ हजार १६७ मत सहित विजयी भएका थिए। उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार मिक्युर गुरुङले ६५७ मत प्राप्त गरेका थिए। इन्द्रधारा मुस्ताङ राजपरिवारनिकट हुन्।कांग्रेसले मुस्ताङमा यो पटक सबै उम्मेदवार ४०...

November 21st, 2022

सकियो मतदान, मतदातामा देखिएन उत्साह

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आइतवार देशैभर एकै चरणमा सकिएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान देशका केही ठाउँमा भएका झडपबाहेक शान्तिपूर्ण रुपमा सकिएको हो। तर मतदानका लागि लाइनमा बसेकालाई भने निर्वाचन आयोगले समय दिएको छ। तर, यो निर्वाचनमा मतदाताको सहभागिता उत्साहजनक देखिएन। ६० प्रतिशत आसपास मत खसेको अनुमान गरिएको...

November 20th, 2022

निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपति भण्डारीको अपिल (सन्देशसहित)

काठमाडौं, ३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि हुने निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउनको लागि आम मतदाताहरुमा अपिल गरेकी छिन् । मतदानको अघिल्लो दिन आज (शनिबार) सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेकी हुन् । उनको सन्देशमा भनिएको छ,‘मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकोले यस निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन...

November 19th, 2022

निर्वाचन तयारी पूरा, आयोग भन्छ- आचारसंहिताको सुक्ष्म अध्ययन भइरहेको छ

निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आइतबार (भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने...

November 19th, 2022

किरात याक्थुङ चुम्लुङ मलेसिया को अध्यक्षमा दिल केरुङ निर्वाचित

किरात याक्थुङ चुम्लुङ मलेसिया को ७ औ अधवेशन बाट सामाजिक अभियन्ता दिल केरुङको नेत्रित्वमा सर्ब सहमति बाट कि या चु मलेसियाको अध्यक्ष जस्तो गरीमय पदमा निर्वाचित हुनुभएको छ | नव निर्वाचित अध्यक्ष केरुङले सबै लाई हार्दिक धन्यवाद दिदै आगामी कार्यकालमा अझ सशक्त भएर अगाडी बढने प्रतिबद्धता जनाउनु भयो |...

November 18th, 2022