कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

मुगुमा ३२ जनाको ज्यान जानेगरी भएको दुर्घटनाको कारण यस्तो

नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ। मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।  नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको यो यात्रुवाहक बस मङ्गलबार दिउँसो १ बजे छायाँनाथ रारा...

October 13th, 2021

मनोज गजुरेलले दोश्रो बिवाह गरेको थाहा पाएपछि, पुर्व पत्नी मीनाले दिईन यस्तो प्रतिकृया

कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनले सोमबार मन्जु पोखरेलसँग डोलेश्वर महादेवको मन्दिरमा गएर विवाह गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिए। ‘स-परिवार मानव सेवा आश्रम (कौशलटार)मा का बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेका छौँ,’ मनोजले भनेका छन्। मनोजका अनुसार मञ्जु न्याय सेवाकी कर्मचारी हुन्। मनोजले पहिलो पत्नी मीरा ढकालसँग ४...

October 13th, 2021

बिहे गरे निर्देशक सुदर्शन र सञ्चारकर्मी सुप्रियाले

चलचित्र निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी सुप्रिया कटुवालले आपसमा बिहे गरेका छन्।  गत भदौ २१ गते इन्गेजमेन्ट गरेका उनीहरूले शुक्रबार काठमाडौंको एक होटलमा विवाह गरेका हुन्।  करिब एक वर्षदेखिको प्रेमलाई सुदर्शन र सुप्रियाले विवाहमा परिणत गरेका हुन्।  ‘मेरो एउटा साथी छ’ निर्देशन गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेका सुदर्शनले ‘मेरो...

October 8th, 2021

८८ दिनपछि सरकारले पायो पूर्णता, यस्ता छन् प्रधानमन्त्री देउवाका सारथी (सूचिसहित)

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले ८८औं दिनपछि सरकारलाई पूर्णता दिएका छन् । सत्तापक्षीय गठबन्धनबाट समेटेर प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णता दिएका हुन् । कांग्रेसबाट डा. मिनेन्द्र रिजालले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै, दिलेन्द्र प्रसाद बडुलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री, उमाकान्त चौधरीलाई खानेपानी तथा सरसफाई, उमा...

October 8th, 2021

लक्ष्मी योङहाङ र धनु ग्याङमीको बेजोड अभिनय रहेको “फिदीम बजार” सार्वजनिक

पाँचथरको फिदीम अनि फिदीम आसपासका ठाउँहरुलाई समेटेर बनाईएको गीत “फिदीम बजार” सार्वजनिक भएको छ। जन्मथलो पाँचथर भई सांगीतिक क्षेत्रलाई आफ्नो कर्म बनाएका संगीतकर्मी हरुको सहकार्यमा बनेको “फिदिम बजार” बोलको गीतलाई यूवा गीतकार डि.पी खनालले शब्द संयोजन तथा संकलन गरेका छन् भने उक्त गीतलाई कमल श्रेष्ठले संगीत संकलन गरेका छन्।...

October 7th, 2021

यस्तो छ घटस्थापना देखि दशैंको टिका सम्मको साइत, घटनास्थापनाका लागि ११ः४६ बजे अगाडी सम्म राम्रो छैन

नेपाल पञ्चाङ्ग निर्णायक समितिले असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको जानकारी दिएको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने छ । असोज २२ गते शुक्रबार झन्डा फेर्ने साइत ११ः५६ बजे रहेको...

October 7th, 2021

सँगम लिम्बुको लिम्बु गीत निङसाङ पोक्लछ को म्युजिक भिडियो सार्वजनिक

गायक सँगम लिम्बुको लिम्बु भाषाको गीत निङसाङ पोक्लछ को म्युजिक भिडियो सार्वजनिक भएको छ | म्युजिक भिडीयोमा रोजगारीको निम्ति बिदेशिन बाध्य बिदेशिन बाध्य युवाको कथा लाई अत्यन्तै मार्मिक तरिकाले प्रस्तृत गरिएको छ | बिदेशमा रहंदा आफ्नो गाउँ घर र परिवारको यादले कति सताउछ र आवश्यकता महशुस हुन्छ भन्ने कुरा...

October 6th, 2021

चाप्पेतिको आमा र रुद्र पाहिम ले लिएर आए आनी याक्थुङ्बा, तीन र चार

काठमाडौं – आनी याक्थुङ्बा तीन र चार आज एक पत्रकार सम्मेलन गरी एक साथ सार्वजनिक भएको छ । सुनिता थेगिम र सुमन लिम्बूको स्वरमा रहेको पालाम (आनी याक्थुङ्बा – ३) मा रुद्र पाहिमको शब्द रहेको छ भने प्राज्ञ अशोक लोहरुङको एरेञ्ज र संगीत रहेको छ । दिनेश माङमु लिम्बूले...

October 6th, 2021

यसरी निकालियो चिप्लिएर घाँसे मैदानमा फसेको श्री एयरलाइन्सको जहाज

काठमाडौं, १९ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट धावन मार्ग जाने क्रममा घाँसे मैदानमा धसिएको श्री एयरलाइन्सको जहाजलाई बाहिर निकालिएको छ । विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारीहरूले गल, गैंतीलगायत उपकरण प्रयोग गरी धसिएको पांग्रालाई माथि उठाएर बाहिर निकालेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । घाँसे मैदानबाट बाहिर निकालिएको उक्त...

October 5th, 2021

ओलीको दाबी : ५१ प्रतिशत नेपाली जनता एमालेका पक्षमा छन्

काठमाडौं, १७ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५१ प्रतिशत नेपाली जनता आफ्नो पार्टीको पक्षमा रहेको दावी गरेका छन् । शुक्रबारदेखि जारी विधान महाधिवेशनलाई आइतवार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । आफूले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले आगामी चुनावमा पनि...

October 3rd, 2021