कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

लकडाउनमा थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

लकडाउनमा थप कडाइ गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशास न कार्यालयहरूलाई निर्देशन दिएको छ। सोमबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र वा पासबिनाका सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो। गृह मन्त्रालय स्रोतका अनुसार मजदूर तथा डेरामा बसिरहेकाहरूका लागि उद्दार गर्न अनौपचारिकरूपमा साँझ लकडाउन खुकुलो बनाइएको थियो। फेरि सोमबारदेखि सवारीसाधनमा...

April 27th, 2020

झापामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि

१४ वैशाख, काठमाडौं । झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् । यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको...

April 26th, 2020

कोरोनाबाट विश्वभरका ४९ नेपालीको मृत्यु, १९८३ संक्रमित

१४ वैशाख, बार्सिलोना । कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु भएको छ । करिब १ हजार ८ सय जनामा भाइरसको संक्रमण देखापरेको छ । लण्डनबाट कोडिभ १९ उच्चस्तरी समिति गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जारी गरेको वक्तव्यमा शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको जनाइएको...

April 26th, 2020

वीरगञ्जमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

३ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ । तथ्यांकमा काेराेना – नेपाल संक्रमित ५१ निको भएको...

April 26th, 2020

विश्वभर एकै दिन कोरोनाका एक लाख संक्रमित थपिए, ज्यान गुमाउने दुई लाख नजिक

काठमाडौं, १३ बैसाख । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणको महामारी अझै बढ्दै गएको छ । विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई लाख नजिक पुगेको वल्र्डओमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामै विश्वभर कोरोना संक्रमणबाट ६ हजार ६४ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ९६...

April 25th, 2020

बेलाायतमा कोरोना भाइरसको संक्रमणबाट झापाका पूर्व प्रधानाध्यापकको मृत्यु

बेलाायतमा कोरोना भाइरसको संक्रमणबाट झापाका पूर्व प्रधानाध्यापकको मृत्यु बेलायत, १२ वैशाख । कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा थप एक नेपालीको ज्यान गएको छ । संक्रमणका कारण झापा घर भएर हाल बेलायत बस्दै आएका हंसराज लिङ्देन लिम्बूको बुधबार रोयल बर्कसायर अस्पतालमा ज्यान गएको हो । उनी १४ बर्ष अघिबाट बेलायतको...

April 24th, 2020

कोरोना भाइरस : विश्वभर २७ लाख संक्रमित, १ लाख ९० हजार जनाको मृत्यु

१२ वैशाख, काठमाडौं । विश्वभर कोरोना भाइर संक्रमितको संख्या २७ लाख तीन हजार छ सय १५ पुगेको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा ८ लाख ४५ हजार रहेको छ । विश्वभर कोरोना भाइरस संक्रमणका कारण १ लाख ९० हजार चार सय ९० जनाको मृत्यु...

April 24th, 2020

कोरोनाबाट विश्वभर १ लाख ८४ हजारको मृत्यु, अमेरिकामा मात्रै साढे ४७ हजारको ज्यान गयो

 ११ वैशाख । कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या २६ लाख ३७ हजार ६७३ पुगेको छ । यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २१७ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको...

April 23rd, 2020

प्रचण्डसँग भेटेपछि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली तयार, अब के हुन्छ ?

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने तयारी गरेका छन् । पार्टी शीर्ष तहबाट नै दबाब सिर्जना भएपछि ओली अध्यादेश फिर्ता लिने तयारीमा पुगेको नेकपाका बरिष्ठ नेता झलनाथ खनालले पत्रकार ऋषि धमलालाई जानकारी दिए । अध्यादेश फिर्ता लिनुपर्छ भनेर आफूहरुले सुरुदेखिनै प्रधानमन्त्री ओलीको कदमको विरोध...

April 23rd, 2020

भारतमा २० हजार कोरोना संक्रमित, मृतक ६ सय नाघ्यो

एजेन्सी, १० वैशाख । भारतमा कोरोना भाइरसबाट २० हजार मानिस संक्रमित भइसकेका छन् । त्यहाँ ६४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतले संक्रमण रोकथामका लागि लकडाउन गरेको छ । लकडाउन एक महिना पुग्न लागेको छ । तर पति संक्रमित संख्या उल्लेख्य रुपमा...

April 22nd, 2020