कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

१७ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । २० जनाको...

November 3rd, 2019

युवा संघको ७७ जिल्लाकै एकीकरण टुङ्गियो, कसको भागमा कति जिल्ला ? (सूचीसहित)

काठमाडौं, १७ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको ७७ वटै जिल्लाको एकीकरण टुङ्गिएको छ । युवा संघ कार्यालयमा शनिबार बसेको बैठकले ७७ जिल्ला वटै जिल्ला कमिटीको नेतृत्व टुङ्गो लगाएको हो । ७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाउने भएको...

November 3rd, 2019

राष्ट्रिय टिमकी महिला फुटबलरको छुरा हानी हत्या

जमैकन, १६ कार्तिक । जमैकन राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी तारानिया क्लार्कको छुरा हानी हत्या गरिएको छ । २० वर्षीया मिडफिल्डर क्लार्कलाई शुक्रबार राजधानी किङ्सटनमा मोवाइल फोनको विषयमा झगडा हुँदा छुरा हानिएको हो । उनलाई तत्काल अस्पताल लगिएपनि बचाउन नसकिएको बीबीसीले जनाएको छ । क्लार्कमाथि छुरा प्रहार गर्ने महिलालाई प्रहरीले...

November 2nd, 2019

छोरीलाई बलात्कार गरेको आरोपमा बावु पक्राउ

१५ कात्तिक, वीरगञ्ज । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३८ बर्षका कोल्हवी–२ बस्ने उनीमाथि २२ बर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोप छ । बिहीबार पीडित महिलाले प्रहरीसामू उजुरी दिएकी थिइन् । पीडितको उजुरीको आधारमा उनलाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी...

November 1st, 2019

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, ६० बढी यात्रुको मृत्यु

पाकिस्तान, १४ कार्तिक । पाकिस्तानमा बिहीबार बिहान गुडिरहेको एउटा रेलमा आगलागी हुँदा ६० भन्दा बढी यात्रुको मृत्यु भएको छ । यस दुर्घटनामा अरु कैयौं घाइते भएका स्थानीय यातायात अधिकारीहरुले जानकारी दिएका छन् । पाकिस्तानको कराँची शहरबाट रावलपिण्डीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको प्रहरीको प्रतिवेदनमा जनाइएको छ ।...

October 31st, 2019

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पतालमा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएपछि स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल लगिएको छ । ग्राण्डी अस्पतालले भने यसबारे कुनै औपचारिक जानकारी दिएको छैन । ‘अस्पतालको निर्देशकका रुपमा मेरो पहिलो काम भनेको बिरामीको उपचार हो। प्रधानमन्त्रीको सचिवालयले औपचारिक रुपमा जानकारी दिनका लागि मलाई आग्रह नगरेसम्म मैले केही पनि...

October 30th, 2019

चेलीले माइतीलाई स्नेहपूर्वक दिने सर्वोत्तम उपहार

गलामा सायपत्री र मखमलीको माला । निधारमा सप्तरंगी टिका । र, शिरमा ढाका टोपी । आहा कति सुहाउँछ ? नेपाली ठाँटमा सजिएका दाजुभाई देख्दा चेलीको मन उमंगित हुँदो हो । ढाका टोपी हाम्रो आफ्नै चिनारी हो । आफ्नो गौरव हो । यो केवल शिर ढाक्ने बस्त्र मात्र होइन ।...

October 28th, 2019

ज्योमो गाङ अवार्डमा लिम्बू चलचित्र “के” छनौट

असोज ९ काठमाडौ थाइल्यान्डमा बसोबास गर्ने नेपाली आदिवासी जनजातिहरुको आयोजनामा ‘ज्योमो गाङ फिल्म अवार्ड – 2019’ सम्पन्न हुनेभएको छ । उक्त अवार्डको लागि सागर केरुङ्को लेखन/निर्देशन रहेको लिम्बू चलचित्र “के” उत्कृष्ट पाँच भित्र पर्न सफल भएको छ । चलचित्र ‘के’ ले उत्कृष्ट कथा,उत्कृष्ट निर्देशक,उत्कृष्ट नायिका बबिता फोम्बो,उत्कृष्ट सह-नायिका रुपा...

October 26th, 2019

बढी शुल्क फिर्ता माग्दा नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि कुटपिट

वीरगञ्ज, ८ कार्तिक । नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ । चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका पदाधिकारीहरुसँगै शुल्क फिर्ता माग गर्नेलाई कलेज व्यवस्थापन पक्षले हातपात गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । सङ्घर्ष समितिका राष्ट्रिय संयोजक प्रकाश...

October 25th, 2019

महरालाई थप ७ दिन थुनामा राख्न अनुमति

७ कात्तिक, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । महानगरीय अपराध महाशाखाले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थपको माग गरेको थियो, त्यसमा बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । संसद...

October 24th, 2019