माल्दिभ्सलाई हराउँदै नेपाल फाइनल नजिक

२१ मंसिर, काठमाडौं । बलियो टोली माल्दिसभ्सलाई हराउँदै नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा फाइनल नजिक पुगेको छ ।

शनिबार भएको समूह चरणको महत्वपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई २-१ गोल अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अग्रता भने माल्दिभ्सले लिएको थियो । उसका लागि १८औं मिनेटमा इब्राहिम हुसेनले गोल गरेका थिए ।

तर नेपालका अभिषेक रिजालले बराबरी गोल फर्काए ।

नेपालले त्यसअघि पनि केही राम्रा अवसर पाएको थियो । तर त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन ।

दोस्रो हाफमा अनन्त तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाए । र, त्यही २-१ को अन्तरमा खेल जित्यो ।

अनलाइन खबर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent