कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मिसेस ब्यूटी क्वीन शान्ति लिम्बूले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री बितरण

गएको साता मिसेस ब्यूटी क्वीन 2019 को उपाधि बिजेता शान्ति लिम्बूले आफ्नो जन्मदिनको अवसरमा अपाङ्ग पुनस्थापना केन्द्र गोकर्णमा त्यहा आश्रित बाल बच्चाहरुलाई कपी डडपेन लगायत शैक्षिक सामाग्री बितरण गर्नु भयो | साथै दिउसोको खाजाको पनि प्रबन्ध गरिएको थियो यसरी शैक्षिक सामाग्री प्राप्त गरेर र खाजा खान पाएपछी साना बाल्बच्चाहरु औधी खुशी देखिन्थे |

आफ्नो जन्म दिनमा केही परोपकारी काम गरौ भनेर अपाङ्ग पुनस्थापना केन्द्र गोकर्णमा बाल बच्चाहरुलाई भेटन आएको र् यसरी बाल बच्चाहरु सँग खुशी बाडन आफु लाई सन्तुस्टी मिल्ने कुरा मिसेस ब्यूटी शान्ति लिम्बूले पाथिभरा च्यानल लाई बताइन

काठमाडौँ धुम्बाराहीकी बहु प्रतिभाशाली नारी शान्ति लिम्बुले आफ्नो जन्म दिनमा परोपकारी काम गरेर एक उदाहरणिय काम गरेकी छिन |

उउनि एक सफल ब्युटिसियन पनि हुनुहुन्छ | शान्ति लिम्बुले ब्युटिसियनको कला राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रस्तुत गरिरहेकी
छिन | उनले आगामी दिनमा पनि यसरी नै परोपकारी काम गरेर कसैको दुखको घाउमा मलम लगाएर राहत दिन प्रेणा मिलोस |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार