कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

निर्वाचन खर्चको विवरण पेश गर्न आयोगको निर्देशन

काठमाडौँ, १६ पुस (रासस) ः निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च पेश गर्न निर्देशन दिइएको छ । आयोगले गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन तथा समानुपातिक निर्वाचन प्रणालीमा भाग...

December 31st, 2017

समानुपातिकतर्फ प्रदेशसभामा १३ पार्टीबाट को–को ? (२२० जनाको पूर्णसूची)

काठमाडौँ–१३ राजनीतिक दलले  समानुपातिकतर्फ प्रदेशसभा सदस्यका २२० उम्मेदवारको नाम  निर्वाचन आयोगमा बुझाएका छन् । यी दलले  यसअघि बन्दसूचीमा पेस गरेको क्रमसंख्या र विभिन्न समावेशी समूहअनुसार निर्वाचित गर्नुपर्ने उम्मेदवारको नाम बुझाएका हुन् । प्रदेशसभामा समानुपातिकतर्फ नेकपा एमाले ७५, नेपाली काँग्रेस ७२, नेकपा माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम नेपाल १३,...

December 30th, 2017

राष्ट्रपतिद्वारा राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेलगत्तै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छन्। अध्यादेश रोकिंदा प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा सार्वजनिकसमेत नभएपछि...

December 29th, 2017

जनमतलाई नेपाली काँग्रेसले अपमान गरेको छ ः नेता नेपाल

काठमाडौँ, १२ पुस (रासस) ः नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुकमा प्राप्त जनमतलाई नेपाली काँग्रेसले अपमान गरेको आरोप लगाउनुभएको छ । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ काठमाडौँले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले भन्नुभयो –“जनादेशअनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा काँग्रेसले सत्ता लम्बाउनका...

December 27th, 2017

सरकार गठनभन्दा पहिले पार्टी एकता ः मन्त्री पोखरेल

विराटनगर, ११ पुस (रासस) ः बिनाविभागीय मन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता हुनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले वाम गठबन्धनलाई जनताले पार्टी एकताका लागि जनादेश दिएको स्पष्ट पार्नुभयो । वाम गठबन्धनलाई फुटाउने षडयन्त्र...

December 26th, 2017

जेबी दर्लामीको उपन्यास विमोचित

उपन्यासकार जेवी दर्लामीद्वारा लिखित ‘यात्री’ शनिबार एक समारोहका बिच विमोचन भएको छ । मण्डला थिएटरमा विमोचन कार्यक्रममा कवि श्यामल, पत्रकार बसन्त बस्नेत, निबन्धकार कुमारी लामा र समिक्षक रूपक अलङ्कारले संयुक्तरूपमा विमोचित गरेका हुन् । पुस्तकमाथि बोल्दै कवि श्यामलले ‘नेपाली साहित्यले गम्भिर विषयमा घोत्लिने उपन्यासकार पाएको छ । किताबको प्रवाहमयता...

December 25th, 2017

अब कमजोर सरकार बन्दैनः अध्यक्ष दाहाल

चितवन, ९ पुस (रासस) ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजोको जस्तो कमजोर सरकार अब नबन्ने बताउनु भएको छ । उद्योग संघ चितवनले आज जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले भनेर पनि गर्न नपाइने स्थिति अब...

December 25th, 2017

एमाले-माओवादी केन्द्रको एकतामा को बन्दैछ ‘भिलेन’

काठमाडौँ : प्रदेश र प्रतिनिधि सभा निर्वाचन लगत्तै मिल्ने सहमतिसहित वाम गठबन्धन बनाएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया पछिल्लो समय अल्मलिएको छ । एकता प्रक्रिया अघि बढाउन बनेको दुई दलको एकता सं‌योजन समितिको बैठक बस्न नसकेपछि विभिन्न आशंका उब्जिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

December 24th, 2017

मालपोत कार्यालयमा बम विस्फोट, तीनजना घाइते

हान, ७ पुस (रासस) ः सदरमुकाम सिरहास्थित जिल्ला मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आउनुभएका सिरहा नगरपालिका–१ का ४५ वर्षीय पवन पासवान, सेवाग्राही सिरहा नगरपालिका–१२ सारस्वरका राजकुमार पासवान र सोही ठाउँका रोशन पासवान रहेको सिरहाका...

December 22nd, 2017

वाम गठबन्धनको अग्निपरीक्षा शुरु नेता नेपाल

काठमाडौँ, ५ पुस (रासस) ः नेकपा (एमाले)का नेता माधवकुमार नेपालले चुनाव हुनु अगाडि वाम गठबन्धनद्वारा जनतालाई गरिएका सम्पूर्ण प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ । नेकपा (एमाले) कागेश्वर मनहरा नगरपालिका–७ ले आज आयोजना गरेको चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले निर्वाचनमा उक्त गठबन्धनले सरकारको स्थायित्वका लागि गरेको प्रतिबद्धता र समृद्ध नेपाल बनाउन...

December 20th, 2017