कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

राष्ट्रपतिद्वारा राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेलगत्तै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छन्। अध्यादेश रोकिंदा प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा सार्वजनिकसमेत नभएपछि राष्ट्रपतिले अध्यादेश प्रमाणिकरण गरेकी हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवासचन्द्र नेम्वाङसँग परामर्श गरेलगत्तै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। प्रधानमन्त्री देउवासँग परामर्श गर्दै राष्ट्रपतिले विधेयकमा राजनीतिक सहमति जुटाउन दलहरुलाई आग्रह गरे पनि मिलविन्दु पहिल्याउन नसकेकाले आफ्नो कर्तव्य र भूमिकाअनुसार अध्यादेश प्रमाणीकरण गर्ने बताइन्।

स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपतिले प्रमाणीकरणअघि राजनीतिक नेतृत्वसँगै कानुनविदहरुसँग अध्यादेशका विविध पक्षमा छलफल गरेर अन्तिम निर्णयमा पुगेको बताइन्। सरकारले एकल संक्रमणीय मत प्रणालीबाट राष्ट्रियसभा निर्वाचन गर्ने प्रावधानसहितको अध्यादेश पठाएपछि शीतल निवासमा दुई महिनादेखि रोकिएको थियो।

निर्वाचनपछि प्रदेश र प्रतिनिधिसभामा ठूलो दल भएको एमालेले बहुमतीय प्रणालीबाट नै राष्ट्रियसभा निर्वाचन गर्नुपर्ने अडान लिएपछि विधेयक प्रमाणीकरणमा उल्झन पैदा भएको थियो।

राष्ट्रपतिले विधेयक प्रमाणीकरणपछि पनि राजनीतिक समझदारीका लागि पहल गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेकी थिइन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार