कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

रविमाथि ओलीको आक्रोश : ठगी आफूू गर्छन्, गाली हामीलाई गर्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र रास्वपाका नेता–कार्यकर्तामाथि आक्रोश व्यक्त गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठगेका कारण सात वटा अदालतले थुनेको व्यक्तिले आफूलाई गाली गरिरहेको टिप्पणी गरेका छन् ।...

August 22nd, 2025

रवि लामिछानेलाई कारागारमा भेटेर निस्किएका प्रचण्डको टिप्पणी : दुब्लाउनुभएको छ, अनुहारमै देखिन्छ

काठमाडौं, ४ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नख्खु कारागारमा पुगेर रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन् । रविलाई भेटेर निस्किएका प्रचण्डले रवि लामिछाने दुब्लाएको प्रतिक्रिया दिए । सञ्चारकमीहरुले घेरिएका दाहालले भने,‘भैरहवामा हुँदा नाजुक हुन खोजेको रहेछ । यहाँ आएपछि...

August 20th, 2025

२०८४ सालसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भीडद्वारा कुनै एक अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राखिएका आधारमा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैं माग्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भीडको पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन दयालाग्दो पनि भएको...

August 13th, 2025

कैदीबन्दीको कब्जामा रहेको कैलाली कारागारमा हरियारसहित सुरक्षाकर्मी प्रवेश

धनगढी । कैदीबन्दीले कब्जामा लिएको कैलाली कारागारमा हतियारसहितका सुरक्षाकर्मी प्रवेश गरेका छन् । ३६ घण्टादेखि कैदीबन्दीको नियन्त्रणमा रहेको कारागारमा आइतबार अपरान्ह नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मानवअधिकार प्रदेश कार्यालय, धनगढीको रोहवरमा कारागारभित्र हतियारसहित प्रवेश गरेका हुन् । शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४९...

August 10th, 2025

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामाको घोषणा गरेका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजीनाको घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री लामाले आफू इमानदार भएको कारण यस्तो परिस्थिति आइपरेको बताए। मुख्यमन्त्री लामा ८ साउन २०८१ मा मुख्यमन्त्री नियुक्त हुँदै त्यसको भोलिपल्ट अर्थात्...

August 3rd, 2025

मेरो पार्टी सदस्यता नवीकरण भइसक्यो, यसमा विवादमा पार्नुपर्ने विषय नै होइनः पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं, ९ साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन् । आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यतामा विवाद गर्नुपर्ने विषय नै नरहेको बताईन् । उनले आफू राजनीतिक व्यक्ति रहेको र राजनीतिक व्यक्ति भएकै कारण देशको सर्वोच्च पद राष्ट्रपति बनेको पनि...

July 25th, 2025

भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिला दिल्ली विमानस्थलबाट पक्राउ

भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिला भारतकाे दिल्ली विमानस्थलबाट पक्राउ परेका छन्। भारतको राजधानी नयाँदिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई नियन्त्रणमा लिएर नेपाल फर्काइएको हो। दलाललाई मोटो रकम बुझाएर उनीहरू भिजिट भिसामा कुवेत जान लागेका अनुसन्धानको क्रममा खुलेको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार नो अब्जेक्सन सर्टिफिकेट...

July 25th, 2025

भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली भारत जाने भएका हुन्। परराष्ट्र मन्त्रालय स्रोतले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु भइसकेको जानकारी दिएको छ। ‘प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्ने नै थियो। भ्रमण हुने कुरा अगाडि बढिसक्यो। तयारीमा नेपाल सरकार, परराष्ट्रमन्त्रालय लागिसक्यो,’ स्रोतले...

July 20th, 2025

भुटानको पोस्टमा नेपालको ८ गोल

बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालले ८ गोल गरेको छ। शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानको गोल पोस्टमा ८ गोल प्रहार गरेको हो। नेपालका लागि मीना देउवा र पूर्णिमा राईले ह्याट्रिक गोल गरेका थिए भने समीक्षा मगर र कुसुम खतिवडाले...

July 19th, 2025

मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न गगनको सुझाव

काठमाडौं, ३० असार । नेपाली कांगेसका महामन्त्री गगनकुमार थापाले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् । नेपाली कांग्रेसको बुद्धिजिवी विभागले आज (सोमबार) आयोजना गरेको विपद् व्यवस्थापन : चूनौति, अवसर र भावी कार्यदिशा विषयक अन्तरक्रियामा बोल्दै थापाले मन्त्री गुप्ताको राजीनामा मागेका...

July 14th, 2025