
काठमाडौं, ४ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नख्खु कारागारमा पुगेर रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन् । रविलाई भेटेर निस्किएका प्रचण्डले रवि लामिछाने दुब्लाएको प्रतिक्रिया दिए ।
सञ्चारकमीहरुले घेरिएका दाहालले भने,‘भैरहवामा हुँदा नाजुक हुन खोजेको रहेछ । यहाँ आएपछि सुधार हुँदैछ । तर, उहाँ दुब्लाउनुभएको छ । उहाँको अनुहारमै कमजोर भएको देखिन्छ।’ उनले रविले रुपन्देहीको तुलनामा नख्खु बसाई राम्रो रहेको भनेको पनि सुनाए ।



