कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

कलाकार सङ्घद्वारा नयाँ सदस्यता र सिफारिस पत्र स्थगन

समग्र चलचित्र कलाकारहरुको पेशागत छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घले एक प्रेस विज्ञप्ति प्रकाशित गरी सङ्घले आफ्ना सदस्य कलाकारहरुलाई प्रदान गर्दै आएको सिफारिश पत्र र नयाँ सदस्यता वितरण हाललाई स्थगन गरेको जनाएको छ  l आज प्रकाशित सङ्घका उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत सो कुरा सार्वजनिक गरिएको हो...

November 17th, 2021

सिद्धार्थ राणाले तिरे सबैभन्दा बढी आयकर, यी हुन् उत्कृष्ट १५ करदाता (सूचीसहित)

काठमाडौं, १ मंसिर । आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई आन्तरिक राजस्व विभागले बुधबार १० औं राष्ट्रिय कर दिवसको अवसर पारेर सम्मानित गरेको छ । गत वर्ष संस्थागततर्फ सरकारी कम्पनी नेपाल टेलिकम र व्यक्तिगततर्फ सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शमशेर जबराले सर्वाधिक कर तिरेको विभागले जनाएको...

November 17th, 2021

विप्लपको बन्दका कारण आज उपत्यका सहित देशका बिभिन्न ठाउँमा कस्तो पर्यो असर ?

नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको समान्य प्रभाव परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वधारणमा कठिनाइ भएको देखिएको छ । औद्योगिक क्षेत्र र व्यापारव्यावसायमा पनि बन्दको सामान्य प्रभाव परेको छ । यसैबीच सवारीसाधन जबरजस्ती बन्द गराउन...

November 16th, 2021

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बाट तीन स्रष्टालाई सम्मान

काठमाडौं– पाँचथर काठमाडौं कलाकार समाजले दिपावली, नेपाल संबत र आउँदै गरेको छठ तथा उधौली पर्वहरुको अवसर पारेर राजधानीमा एक कार्यक्रम गर्दै तीन स्रष्टालाई सम्मान गरेको छ । संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजसेवी रामकुमार लिङ्देन, संगीतकार गणेश गुरुङ र साहित्यकार शान्ता देवी गौतमलाई सम्मान गरेका हुन् । शर्माले कला,...

November 9th, 2021

नेपालमा अहिलेसम्म कतिले लगाए कोभिड–१९ विरुद्धको खोप ?

काठमाडौं, २२ कात्तिक । नेपालमा १८ वर्षमाथिका ३७.३ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कात्तिक २१ गतेसम्म ७४ लाख ३४ हजार ७९७ जनाले दुवै डोज र ८७ लाख ३६ हजार ५३२ जनाले पहिलो डोज खोप लगाएका हुन्...

November 8th, 2021

सल्यान बस दुर्घटनामा मृत्यु भएका १२ मध्ये १० को सनाखत

सल्यानमा भएको बस दुर्घटनामा परेर मृत्यु भएका १२ जनामध्ये १० जनाको सनाखत भएको छ। मृत्यु हुनेहरू अधिकांश तिहार मानेर फर्कंदै थिए। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोबिन्द थापाले दश महिला र दुई पुरुषको बस दुर्घटनामा परेर मृत्यु भएको बताए।  यस्तै सल्यानको शारदा नगरपालिका वडा नम्बर २ की ६१ वर्षीया मीना डाँगी, शारदा...

November 7th, 2021

आज दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइदै

काठमाडौं – आज शनिबार तिहारको अन्तिम दिन अर्थात् भाइटीका । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो भाइपूजा/भाइटीका मनाइन्छ । यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिने परम्परा रहेको छ । सत्ययुगमा यमपञ्चकका पाँच दिन यमराजले बहिनी यमुनाको घरमा बसी...

November 6th, 2021

तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँ

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ...

November 5th, 2021

आज लक्ष्मी पूजा : धन र समृद्धिको कामनासहित पूजाआजा गरिँदै

काठमाडौं – कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ । यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशलाई सबैले घरघरमा...

November 4th, 2021

नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्। पाँच दलीय गठबन्धनबाट नेकपा समाजवादीका संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। adविश्वासको मत नमिल्ने भएपछि मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका...

November 2nd, 2021