कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु, ७६६० जनामा संक्रमण

पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको...

May 4th, 2021

उपत्यकामा २९ गतेसम्म निषेधाज्ञा थप, बेलुकी पसल खोल्न नपाइने

उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप भएको छ। मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार अब थप कडाइ गरिने भएको छ। बेलुकीको समयमा अत्यावश्यक पसल पनि सञ्चालन गर्न नपाइने भएको छ। बिहान भने...

May 4th, 2021

स्पीकरमा लुकाएर डेढ किलो सुन तस्करीको प्रयास, ५ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमका अनुसार स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । ‘खड्का र खनाल एयर अरेविया, तामाङद्वय हिमालय र विक नेपाल एयरलाइन्समार्फत नेपाल आएका थिए’ गौतमले अनलाइनखबरसँग भने, ‘एउटामा...

May 3rd, 2021

देशभर आज ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

काठमाडौं, १९ बैशाख । आज नेपालमा ७ हजार १ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । कोरोनाबाट आइतबार २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पिसीआर परिक्षणबाट ७ हजार १ सय ३४ जना र ७४ जनाको एन्टिजेन परिक्षण गर्दा जम्मा ७ हजार १३७ जनालाई संक्रमण पुष्टि...

May 2nd, 2021

विमला वलीले रोजिन् माओवादी, लुम्बिनीमा एमालेको बहुमत नपुग्ने

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेकी छन् । दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । सर्वोच्चले नेकपा खारेज गरेपछिको अवस्थामा उनले माओवादी केन्द्र रोजेकी हुन् । वलीको निर्णयसंगै ८१ सदस्यीय प्रदेशसभामा एमालेको एकल वहुमत गुमेको छ ।...

May 2nd, 2021

झापामा आइतबार राति १२ बजेदेखि निषेधाज्ञा

झापामा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलय झापाले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले शुक्रबार निषेधाज्ञाको आदेश जारी गर्दै २६ वैशाखको राति १२ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइने उल्लेख गरेका छन्...

May 1st, 2021

कोरोनाबाट थप ३५ जनाको मृत्यु, उपत्यकामा १,५६१ सहित ४,९२८ संक्रमित थपिए

काठमाडौं, १६ बैसाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ४,९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,५९७ पीसीआर परीक्षणमा ४,८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४,९२८ जना संक्रमित भेटिएका हुन् । कोरोना भाइरस संक्रमणबाट आज (बिहीबार) थप ३५ जनाको ज्यान...

April 29th, 2021

विशेष अधिवेशनकै बीच गण्डकी प्रदेशका तीन सांसदलाई कोरोना

पोखरा, १५ बैसाख । गण्डकी प्रदेशका तीन सांसदलाई कोरोना संक्रमण भएको छ । नेकपा एमालेका दुई जना र कांग्रेसका एक जना सांसदलाई संक्रमण पुष्टि भएको हो । एक जना मर्यादापालकलाई पनि संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ । गण्डकी प्रदेश सभाको विशेष अधिवेशनबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टुंगो...

April 28th, 2021

४५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

नेपालमा गएको २४ घण्टामा चार हजार ५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १५ हजार ६८१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३६४ र १ हजार ९ जनाको एन्टिजेन परक्षिण गर्दा १६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, २४ घण्टामा १८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या...

April 27th, 2021

घर जान चाहनेका लागि दुई दिन समय दिएर उपत्यकामा कडा निषेधाज्ञाको तयारी

काठमाडौं, १३ बैसाख । काठमाडौं उपत्यकाबाट बाहिर घर जान चाहनेहरुका लागि दुई दिनको समय दिएर कडा बन्द गर्ने तयारी स्थानीय प्रशासनले गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दिएको जानकारीअनुसार बेलुकासम्म कहिलेबाट कसरी बन्द गर्ने भन्ने विषयमा सूचना सार्वजनिक गरिनेछ । उनका अनुसार काठमाडौं उपत्यकाको चेन ब्रेक गर्नका...

April 26th, 2021