कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, कांग्रेसलगायत दलका ४० सांसदको हस्ताक्षरसहित आज (आइतबार) प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । जसमा नेपाली कांग्रेसका १९, माओवादीका १८, जसपाका २ र राजमोका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । जसमा नयाँ...

May 9th, 2021

राष्ट्रियसभा सदस्यमा थापा र देवकोटाको उम्मेदवारी दर्ता

मकवानपुर : नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा  शुक्रबारर उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । उनको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत रहेका छन्। गृहमन्त्री थापा आज आफ्नो मनोनयनपत्र दर्ता गर्न...

May 7th, 2021

गायक प्रेमध्वज प्रधानको निधन

२३ वैशाख, काठमाडौं । वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण...

May 6th, 2021

कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु, ७६६० जनामा संक्रमण

पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको...

May 4th, 2021

उपत्यकामा २९ गतेसम्म निषेधाज्ञा थप, बेलुकी पसल खोल्न नपाइने

उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप भएको छ। मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार अब थप कडाइ गरिने भएको छ। बेलुकीको समयमा अत्यावश्यक पसल पनि सञ्चालन गर्न नपाइने भएको छ। बिहान भने...

May 4th, 2021

स्पीकरमा लुकाएर डेढ किलो सुन तस्करीको प्रयास, ५ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमका अनुसार स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । ‘खड्का र खनाल एयर अरेविया, तामाङद्वय हिमालय र विक नेपाल एयरलाइन्समार्फत नेपाल आएका थिए’ गौतमले अनलाइनखबरसँग भने, ‘एउटामा...

May 3rd, 2021

देशभर आज ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

काठमाडौं, १९ बैशाख । आज नेपालमा ७ हजार १ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । कोरोनाबाट आइतबार २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पिसीआर परिक्षणबाट ७ हजार १ सय ३४ जना र ७४ जनाको एन्टिजेन परिक्षण गर्दा जम्मा ७ हजार १३७ जनालाई संक्रमण पुष्टि...

May 2nd, 2021

विमला वलीले रोजिन् माओवादी, लुम्बिनीमा एमालेको बहुमत नपुग्ने

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेकी छन् । दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । सर्वोच्चले नेकपा खारेज गरेपछिको अवस्थामा उनले माओवादी केन्द्र रोजेकी हुन् । वलीको निर्णयसंगै ८१ सदस्यीय प्रदेशसभामा एमालेको एकल वहुमत गुमेको छ ।...

May 2nd, 2021

झापामा आइतबार राति १२ बजेदेखि निषेधाज्ञा

झापामा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलय झापाले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले शुक्रबार निषेधाज्ञाको आदेश जारी गर्दै २६ वैशाखको राति १२ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइने उल्लेख गरेका छन्...

May 1st, 2021

कोरोनाबाट थप ३५ जनाको मृत्यु, उपत्यकामा १,५६१ सहित ४,९२८ संक्रमित थपिए

काठमाडौं, १६ बैसाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ४,९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,५९७ पीसीआर परीक्षणमा ४,८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४,९२८ जना संक्रमित भेटिएका हुन् । कोरोना भाइरस संक्रमणबाट आज (बिहीबार) थप ३५ जनाको ज्यान...

April 29th, 2021