कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

जाङ्गबु शेर्पा: कोरोना जितेको डेढ सातामा सगरमाथा आरोहण

३ जेठ, बाजुरा। विश्व कीर्तिमान कायम गरेका जाङ्ग्बु शेर्पाले सत्रौँ पटक सगरमाथा आरोहण गरेका छन् । उनले कोरोनाबाट सञ्चो भएको डेढ सातामै बहराइनका राजकुमारसहितको टोलीसँगै सगरमाथा आरोहण गरेका हुन् । उनले वैशाख २८ गते मंगलबार बिहान ६ बजेर ५ मिनेटमा सगरमाथा आरोहण गरेका हुन् । जाङ्ग्बु शेर्पा कीर्तिमानी आरोही...

May 17th, 2021

पछिल्लो २४ घण्टामा ८ हजार १६७ जना संक्रमित थपिए, १ सय ८७ को मृत्यु

छिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८७ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७ हजार ९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको हो।

May 15th, 2021

कांग्रेस-माओवादीले वैकल्पिक सरकारको दावी नगर्ने, फेरि ओली नै प्रधानमन्त्री !

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका हुन् । बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ ।...

May 13th, 2021

देउवालाई प्रधानमन्त्री बनाउन नसकिने डा. बाबुराम भट्टराईको संकेत, अघि सारे चार प्रस्ताव

काठमाडौं, २९ बैसाख । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान राजनीतिक संकट निवारणका लागि सर्वदलीय सरकार गठनको अवधारणासहितका चार प्रस्ताव अघि सारेका छन् । माइक्रो ब्लगिङ साइट ट्वीटरमा उनले चार वटा प्रस्ताव अघि सारेका छन् । उनले संविधानको धारा ७६ (२) अनुसार सबै दलको...

May 12th, 2021

कोरोना संक्रमणबाट एकै दिन २२५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा २२५ जनाको मृत्यु भएको उल्लेख गरिएको हो । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण...

May 11th, 2021

उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा, अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १५ दिन थपेको छ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको बैठकले उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा थप्ने निर्णय भएको जानकारी दिए। उनले नेपालखबरसँग भने, ‘पसल खोल्ने समय बिहान १० बजेसम्म...

May 11th, 2021

संसदले दिएन विश्वासको मत, प्रधानमन्त्री ओली पदमुक्त

प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै...

May 10th, 2021

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, कांग्रेसलगायत दलका ४० सांसदको हस्ताक्षरसहित आज (आइतबार) प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । जसमा नेपाली कांग्रेसका १९, माओवादीका १८, जसपाका २ र राजमोका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । जसमा नयाँ...

May 9th, 2021

राष्ट्रियसभा सदस्यमा थापा र देवकोटाको उम्मेदवारी दर्ता

मकवानपुर : नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा  शुक्रबारर उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । उनको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत रहेका छन्। गृहमन्त्री थापा आज आफ्नो मनोनयनपत्र दर्ता गर्न...

May 7th, 2021

गायक प्रेमध्वज प्रधानको निधन

२३ वैशाख, काठमाडौं । वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण...

May 6th, 2021