कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

प्रधानमन्त्रीको दाबी पेश गर्न देउवा राष्ट्रपति कार्यालयमा

प्रधानमन्त्रीमा दाबी गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्।

देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गर्न विपक्षी गठबन्धन राष्ट्रपति कार्यालय पुगेका हुन्।

यसअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपाल, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलगायत नेताहरू छलफल गरेका थिए।

१४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा नयाँ सरकारका लागि दाबी पेश गर्न जाने निर्णय भएको थियो।

हस्ताक्षर गर्नेमा कांग्रेस  र माओवादी केन्द्रका बाहेक माधवकुमार नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र-बाबुराम समूहका १३ जना छन्। 

ncell in

नयाँ सरकार बनाउन संसदमा कायम २७१ सांसदमध्ये १३६ जना चाहिन्छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार