कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

रक्षामन्त्रीको भ्रमणपछि चीनको खतरनाक भनाइ, नेपालको सार्वभौमिकताको रक्षामा सहयोग गर्न तयार छ चीन

काठमाडौं। चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको नेपाल भ्रमणपछि चीनले नेपालको राष्ट्रिय अखण्डताको रक्षालाई सहयोग गर्ने बताएको छ। चीनको रक्षामन्त्रालयद्वारा भ्रमणबारे जारी न्यूज रिलिज (समाचार विज्ञप्ति) मा सो कुरा उल्लेख गरेको छ तर उसले कसरी नेपालको राष्ट्रिय अखण्डताको रक्षामा सहयोग गर्छ र नेपालको राष्ट्रिय अखण्डतामा खतरा कोबाट उत्पन्न भएकाले रक्षा गर्ने...

December 2nd, 2020

धुम्बाराहीमा बस्ने भनिएको नेकपा सचिवालय बैठक बालुवाटारमा सर्‍यो

काठमाडौं, १६ मंसिर । पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भएको सारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटार सारिएको छ । यसअघि मंसिर १३ गते बसेको सचिवालय बैठकले आजका लागि बोलाइएको बैठक केन्द्रीय कार्यालयमा बस्ने निर्णय गरेको भए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री निवासमा सारिएको हो...

December 1st, 2020

पाँच दिनदेखि बेपता युवकको शव झाडीमा फेला, अपहरणपछि हत्या भएको आशंका

मोरङ, १५ मंसिर । पाँच दिनदेखि घरबाट वेपत्ता सुनसरी दुहवीका एक युवाको शव मृतावस्थामा झाडीमा फेला परेको छ । दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान करिब ५ बजे दुहबी–२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा चौधरीको...

November 30th, 2020

४ घन्टामा २३ जनाको मृत्यु, १७ सय ३ नयाँ संक्रमित थप

काठमाडौं, १२ मंसिर । नेपालमा कोरोना भाइरसका आज  १७ सय ३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १ हजार २ सय ३६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २...

November 27th, 2020

गुल्मी जिप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

१२ मंसिर, गुल्मी । गुल्मीमा भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रबार बिहाना इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडानम्बर-४ को हुलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु् भएको हो । दुर्घटनामा ५ जनाको घटनास्थलमै र थप एकजनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु...

November 27th, 2020

प्रभावशाली सय महिलाहरुको सूचीमा नेपालकी सपना

काठमाडौं / बीबीसीको प्रभावशाली सय महिलाहरुको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छिन् । बेलायती सञ्चारमाध्यामा बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वका प्रभावशाली सय महिलाहरुको सूचीमा सपना परेकी हुन् । बेवारिसे शवहरुको व्यवस्थापनको काम गर्दै आएको संस्थामा कार्यरत उनले अहिलेसम्म ३ सयभन्दा बढी बेवारिसे शवहरुको व्यवस्थापन गरिसकेकी छिन्...

November 25th, 2020

बर्दिबासमा बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू

महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। बालिका बलात्कारपश्चात हत्याको विरोधमा प्रदर्शनमा उत्रेका एक स्थानीयको प्रहरीको गोली प्रहारबाट मृत्यु भएपछि बढ्दै गएको तनाबका कारण स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो। जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा जारी गरेको  प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।...

November 25th, 2020

बलात्कारपछि बालिका हत्याको आरोपमा पक्राउ परेका युवाको घरमा लगाइयो आगो

महोतरी, ९ मंसिर । महोत्तरीको बर्दिबासकी एक ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका युवकको घरमा स्थानीयले आगो लगाई दिएका छन् । बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति शव फेला परेको थियो । बालिका हत्या आरोपमा...

November 24th, 2020

पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा पाइलटको मृत्यु, काठमाडौंकी युवतीको अवस्था गम्भिर

पोखरा, ८ मंसिर । पोखरामा आज (सोमबार) ल्याण्डिङ गर्ने क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको ज्यान गएको छ । पोखरा–२८ कालीकाका ३८ वर्षीय राजु नेपालीको मृत्यु भएको हो । दुर्घटनामा यात्रु काठमाडौं बूढानीलकन्ठ नगरपालिका–२ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएकी प्रहरीले जनाएको छ । कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका...

November 23rd, 2020

उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम बिष्फोट

उदयपुर, ७ मंसिर । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिष्फोट गराएको छ । गए राति १ बजेतिरको समयमा गाउँपालिका कार्यालयसँगै रहेको नागरिक सहायता कक्षमा अज्ञात समूहले बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको । बम बिष्फोटबाट कार्यालयको कम्प्युटर, टेबल, कुर्सीलगायतका फर्निचरमा क्षति पुगेको प्रहरीले जनाएको छ । घटनास्थल...

November 22nd, 2020