कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

कोरोनाबाट एक स्वास्थ्यकर्मीसहित थप तीन जनाको मृत्यु

सुनसरी, १३ असोज । बाँकेको नेपालगञ्ज र सुनसरीको धरानमा उपचाररत थप तीन कोरोना संक्रमितको ज्यान गएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मोरङको सुनबर्सी-७ का ६८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता...

September 29th, 2020

‘खुकुलो कानुन चाहिँदैन, बलात्कारीलाई फाँसी दे’ भन्दै माईतीघरमा प्रदर्शन

काठमाडौं, १२ आश्विन । बलात्कारीपछि हत्या गरिएकी १२ वर्षिया सम्झना कामीको बलात्कारीलाई फाँसीको सजायको माग गर्दै आज पनि माईतिघर मण्डलामा विरोध प्रदर्शन भएको छ । विभिन्न पार्टीमा आवद्ध विद्यार्थी र विभिन्न सरोकारवाला संघ/संस्थाले खुकुलो कानुन चाहिँदैन, महिला हिंसा गर्न पाईदैन, सम्झना कामीलाई न्याय दे, निर्मला पन्तलाई न्याय दे बलात्कारीलाई फाँसी...

September 28th, 2020

असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव

१२ असोज, काठमाडौं । यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असेज २०देखि २५सम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो । विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका...

September 28th, 2020

दीपिकाले स्विकार गरिन् ‘ड्रक्स च्याट’को आरोप

बलिउड नायिका दीपिका पादुकोणले ड्रग्स च्याटको आरोप स्विकार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । आज नारकोटिक्स कन्ट्रोल ब्युरोले दीपिकासँग करिब साढे ५ घन्टा सोधपुछ गरेको थियो । यस्तै, नायिका श्रद्धा कपुरसँग ६ घन्टा र अर्की नायिका साराअली खानसँग ५ घन्टा सोधपुछ गरिएको हो । नायिका दीपिका पादुकोणले ड्रग्स...

September 27th, 2020

रुपन्देहीमा बाढीले दर्जन घर बगे, ५० बढी घर डुबानमा

रुपन्देही, १० असोज । लगातारको वर्षाले रुपन्देहीका विभिन्न स्थानहरु डुबानमा परेका छन् । रोहिणी, तिनाउ, दानव नदी बस्तीमा पस्दा ५० बढी घरहरु डुबानमा परेको र ठूलो मात्रामा क्षति भएको छ । दर्जन बढी घर बगाएको स्थानीयले जानकारी दिएका छन् । अन्तपात, लत्ताकपडा, पशुपंक्षी बगेका छन् । नदी किनारका घरहरु बगेका...

September 26th, 2020

विद्युत प्राधिकरणमा कुलमानलाई नै ल्याउने यस्तो तयारी

काठमाडाैं असोज ९-नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहितका उपकार्यकारी निर्देशकलाई मन्त्रालयमा बोलाएर दिएको निर्देशनको क्रममा उक्त जानकारी दिएको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री...

September 25th, 2020

थप १३१३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २६२ नमुना परीक्षण गर्दा ४५३ महिला र ८६० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । उनीहरुमध्ये ४५९ जनाको...

September 25th, 2020

एसिड छ्यापे २० वर्ष कैद, मन्त्रिपरिषद्‍बाट अध्यादेश पारित

काठमाडौँ — एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुऱ्याए २० वर्ष कैद सजाय हुने गरी मन्त्रिपरिषद्बाट अध्यादेश पारित भएको छ । एसिडको दुरुपयोग र यसबाट हुने अपराधसम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याए २० वर्ष...

September 25th, 2020

१७ जनाको कोरोना संक्रमणबाट मृत्यु, २४ घन्टाभित्र अहिलेसम्मकै सर्वाधिक

काठमाडौं, ८ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घन्टामा १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा ५ महिला र १२ पुरुष छन् । आज मृत्यु पुष्टि भएकासँगै कोरोनाबाट कुल मृतक संख्या ४ सय ५३ पुगेकोछ । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६५ प्रतिशत छ...

September 24th, 2020

स्याङजा पहिरो : एकै परिवारका ९ जनाले ज्यान गुमाए

८ असोज, पोखरा । स्याङ्जाको वालिङमा बिहीबार बिहानै गएको पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका-१४ तमादीका एकै परिवारका ९ जना र कालीगण्डकी गाउँपालिका–४ मा खसेको पहिरोमा १ जना गरी १० जनाले मृत्यु भएको छ । वालिङ-१४ तमागीमा परिवारकै १० जना पहिरोमा वेपत्ता भएकोमा ९...

September 24th, 2020