कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

बहराइनका राजकुमारसहितको टोलीद्वारा ६,११९ मिटर अग्लो लोबुचे हिमालको सफल आरोहण

काठमाडौं, १७ असोज । नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले आज (शनिबार) लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।

बहराइनका राजकुमारसहितको टोलीले ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।

हिमाल आरोहण गर्न भनेर बहराइनका राजकुमारसहितको टोली गत भदौ ३१ गते काठमाडौं आएको थियो । यो टोलीमा १५ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् । टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको अनुमति पाएको छ ।

लोबुचे हिमाल आरोहणमा नेपालका शेर्पा आरोही र गाइडहरुले सघाएका थिए । यो सिजनको पहिलो आरोहण भएको जनाइएको छ । बहराइनको राजकुमारसहितको टोली करिब दुई महिना नेपालमा बस्ने छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार