कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

११३ जना प्राविधिकलाई राजेश हमालले गरे जनही ५ हजार सहयोग

नेपाल चलचित्र प्राविधिक संघले नायक राजेश हमाललाई केही बर्ष अगाडि ‘महानायक’को उपाधि दियो । सोही समयदेखि आम दर्शक र चलचित्र क्षेत्रले हमाललाई ‘महानायक’ भन्न थालेको हो । उनै, नायक राजेश हमालले लकडाउनका कारण समस्यामा परेका ११३ जना चलचित्र प्राविधिकहरुलाई आर्थिक सहयोग गरेका छन् । चलचित्र प्राविधिक संघद्धारा काठमाण्डौमा आयोजित...

September 20th, 2020

कोरोना संक्रमणबाट काठमाडौँमा एक सैनिकको मृत्यु

काठमाडौँ । नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो । यसैबीच...

September 20th, 2020

‘४०० वर्षसम्म पनि आन्दोलन गर्न तयार छौं’

३ असोज, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)ले संविधान दिवसको विरोधमा प्रदर्शन गरेको छ । जसपाका नेता कार्यकर्ताले ‘अपुरो संविधान विरोध कार्यक्रम’ नारा लेखिएको ब्यानरसहित पर्साको वीरगञ्ज र बाराको कलैयामा प्रदर्शन गरेका हुन् । वीरगञ्जको घण्टाघरबाट शुरु भएको विरोध कार्यक्रम नगर परिक्रमा गरेर घण्टाघरमै विरोध सभामा परिणत भएको थियो...

September 19th, 2020

समर्थकलाई कुलमानको आग्रह– पुनःनियुक्तिको माग गर्दै प्रदर्शन नगरिदिनुस्

३ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सबैलाई आग्रह गरेका छन् । कुलमानलाई प्राधिकरणमा पुनःनियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका बिभिन्न स्थानमा प्रदर्शन हुँदै आएका छन् । स्वतःस्फूर्त सडकमा उत्रिएका कुलमानका समर्थकहरुलाई प्रहरीले दमनसमेत गर्दै आएको छ । आफ्नो पक्षमा...

September 19th, 2020

एकै दिन २०२० जनामा कोरोना संक्रमण, ८७१ डिस्चार्ज

२ असोज, काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २०२० संक्रमित भेटिएका हुन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।...

September 18th, 2020

यस्तो छ आज जनकपुरमा हस्तान्तरण हुँदै गरेको दुई रेल (फोटो फिचर)

काठमाडौं, २ असोज । लामो समयदेखि नेपाली जनताले प्रतिक्षा गर्दै आएको आफ्नै देशको रेल चढ्ने सपना अब विपनामै पूरा हुँदै छ । धनुषाको कुर्था–जयनगर चल्ने नेपालको आफ्नै रेल नेपाली भूमिमा प्रवेश गरिसकेको छ । भारतमा निर्माण भएको रेल भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याइँदैछ । अहिले रेल नेपाली भूमि प्रवेश गरेको...

September 18th, 2020

प्रहरीबाट कुटिएका युवकको प्रश्न : ओलीको पक्षमा प्रदर्शन गर्न पाइने, कुलमानको पक्षमा नपाइने ?

नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा वकालत गर्ने एक जना युवक प्रहरीबाट निर्घात कुटिएका छन् । सामाजिक कार्य गर्ने १०० ग्रुपका संस्थापक सिराहाको लहान घर भएका बब्लु गुप्तालाई प्रहरी निरीक्षक केशर न्याैपानेसहितको टोलीले निर्घात कुटपिट गरेको हो । घिसिङलाई प्राधिकरणमा पुनः नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन...

September 18th, 2020

ऊर्जामन्त्रीको सचिवालयले भन्यो– कुलमान छिट्टै प्राधिकरणमा नियुक्त हुने आशा छ

१ असोज, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन (अनन्त)को सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न राखेको प्रस्ताव मन्त्रिपरिषद कार्यालयमा विचाराधीन रहेको जानकारी दिएको छ । प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै उक्त प्रस्तावमाथि मन्त्रिपरिषदले छिट्टै निर्णय गर्नेमा...

September 17th, 2020

कुलमानको पक्षमा प्रर्दशन गर्नेलाई प्रहरीद्धारा गिरफ्तार, फोहोरा प्रहार

काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणको निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले माईतीघरबाट गिरफ्ता गरेको छ। कुलमानलाई नै प्राधिकरणको कार्यकारी प्रमुख बनाईनुपर्छ भन्दै उनका समर्थकहरु प्रदर्शनमा उत्रिने तयारी गरिरहेको अवस्थामै प्रहरीले केहीलाई नियन्त्रणमा लिएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए । उनकाअनुसार काठमाडौंका सिडिओको आदेशअनुसार...

September 16th, 2020

बलात्कृत किशोरीलाई प्रहरीमा उजुरी गर्न गाउँलेको रोक, न्याय नपाएपछि गरिन् आत्महत्या

सप्तरी, ३१ भदौं । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार...

September 16th, 2020