‘४०० वर्षसम्म पनि आन्दोलन गर्न तयार छौं’

३ असोज, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)ले संविधान दिवसको विरोधमा प्रदर्शन गरेको छ । जसपाका नेता कार्यकर्ताले ‘अपुरो संविधान विरोध कार्यक्रम’ नारा लेखिएको ब्यानरसहित पर्साको वीरगञ्ज र बाराको कलैयामा प्रदर्शन गरेका हुन् ।

वीरगञ्जको घण्टाघरबाट शुरु भएको विरोध कार्यक्रम नगर परिक्रमा गरेर घण्टाघरमै विरोध सभामा परिणत भएको थियो ।

जसपाले संविधान संशोधनको माग गर्दै आएको छ तर सरकारले सुनुवाई गरेको छैन । कतिपयले संविधानको मर्मलाई स्वीकार गरेर चुनावमा सहभागी भएको, संघीय सरकारमा गएको, प्रदेश २ सरकारको नेतृत्व गरिरहेको अवस्थामा संविधानको विरोध गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरिरहेका छन् ।

जसपा नेता लक्ष्मणलाल कर्णले मधेसी, जनजाति, दलित, महिला लगायत बहिस्कृत समुदायको अधिकार संविधानमा नसमेटिएको बताए । संविधान जारी भएको बेला आफूहरुमाथि घात भएको भन्दै उनले भने, ‘अरु दिपावली मनाइरहेका छन् । तर हामी संविधान संसोधन नभएसम्म यसको विरोध गरिरहन्छौं ।’

नयाँ संविधानले अन्तरिम संविधानले दिएको अधिकार समेत खोसेको उनको भनाइ छ । ६ महिना लामो शान्तिपूर्ण अदभुत आन्दोलनबाट अपूरो संविधानलाई पूर्ण बनाउन चासो नदिइएको भन्दै उनले भने भने, ‘४ वर्ष होइन, मधेसी, जनजाति लगायतले अधिकार नपाए ४०० वर्षसम्म आन्दोलन गरिरहन्छौं । – अनलाइन खबर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent